१६ तस्बिरमा हेर्नुहोस् टुँडीखेलको घोडेजात्रा

आइतबार घोडेजात्रा मनाइएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहका बीच नेपाली सेनाले घोडेजात्रा मनाएको हो ।

कार्यक्रममा घोडाको कौशलसहित कुकुरको कौशल र विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिएको थियो ।  कुकुर इमान्दार र आज्ञापालक जनावरका रुपमा लिने गरिन्छ ।  घोडेजात्रा अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुखलगायत टुँडिखेल पुगेका थिए ।


Advertisement

 प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको परम्परा छ । घोडेजात्रा हेर्न टुँडिखेल वरपर नरनारीको घुँइचो देखिन्थ्यो । अघिल्लो वर्ष कोभिड–१९ को महामारीका कारण साङ्केतिकरुपमा मात्र उक्त जात्रा मनाइएको थियो । यसपटक पनि स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा मनाइएको हो ।

तस्वीर सौजन्य :राजन काफ्ले [पर्सनल फोटोग्राफी अफिसर, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय]

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्