×

NMB BANK
NIC ASIA

प्रदेश २ मा माओवादी छाडेका ४ सांसदको पद जाँदै, एक पदमा माओवादीले नयाँ सांसद चुन्न पाउने

चैत ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका प्रदेश २ का ४ सांसदको पद रिक्त हुने भएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता भारत साहले सोधेको स्पष्टीकरणको जवाफ नआएपछि चारजना सांसदले दल त्याग गरेको सूचना माओवादी केन्द्रले आइतवार प्रदेश सभा सचिवालयलाई पठाएको छ ।

Muktinath Bank

यसअघि माओवादी केन्द्रको संसदीय दलको नेता रहेका धनुषाका रामचन्द्र मण्डल, बाराकी ज्वालाकुमारी साह, रौतहटका कुन्दनकुमार कुशवाह र बाराका समानुपातिक सांसद मोहम्मद समीर एमालेमा गएपछि चैत २७ गते नै चौबीस घण्टे स्पष्टीकरण सोधिएको साहले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'उहाँहरू नेकपा एमालेमा लागेको भन्ने कुरा सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाएको हुनाले तपाईंको स्थिति के हो, माओवादीमै हो वा एमाले प्रवेश गर्नुभएको के हो, चौबीस घण्टाभित्र लिखित जवाफ पेश गर्नका लागि स्पष्टीकरण सोधेका थियौं,' साहले भने, 'तर चौबीस घण्टाभित्रमा समेत जवाफ नआएपछि मैले मौखिक रूपमा समेत सोधेका थियौं, उहाँहरू नफर्किने भनेर भनेपछि पद रिक्त गर्नका लागि प्रदेश सभा सचिवालयलाई पत्र पठाएको हो ।'


Advertisment
Nabil box
Kumari

यता स्पष्टीकरणको जवाफ दिनुको कुनै औचित्य नभएका कारण जवाफ नदिएको रामचन्द्र मण्डलले बताए । 'मैले कानूनीरूपमा नै दल त्याग गरेको भनिसकेको छु, सांसद पद जान्छ भन्ने कुराको ज्ञान र चेतना हुँदाहुँदै म एमालेमा प्रवेश गरेको हो,' मण्डलले भने, 'अहिलेको अवस्थामा माओवादी विघटनको स्थिति पुगेको छ । म एमाले प्रवेश मात्र गरेको छैन, एमालेको केन्द्रीय कमिटी सदस्य समेत भइसकेको हुनाले अब माओवादीमा फर्किने कुरै छैन ।'

Vianet communication
Laxmi Bank

मण्डल एकताअघि माओवादी केन्द्रको संसदीय दलको नेता थिए । माओवादीमा नै फर्किनुस् भनेर पार्टीका केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेल, हरिबोल गजुरेलदेखि समकालीन नेताहरूले समेत पटक-पटक आग्रह गर्दा पनि ब्याक नभएको मण्डलले बताए ।  

मण्डल एमालेमा लागेपछि काठमाडौंमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको संयोजकत्वमा चैत्र २७ गते बसेको बैठकले २ नम्बर प्रदेश सभामा पदाधिकारी चयन गर्ने राजनीतिक निर्णय गरेको थियो ।

माओवादी केन्द्रका नेता वर्षमान पुन, प्रमुख सचेतक देव गुरुङ, स्थायी कमिटी सदस्यहरू मातृकाप्रसाद यादव, गणेश साह, विश्वनाथ साह, अजयशंकर नायक तथा २ नम्बर प्रदेशका सांसदहरूको उपस्थितिमा संसदीय दलको पदाधिकारी चयन गरिएको थियो । दलको नेतामा भारत साह, उपनेतामा जगतप्रसाद यादव, प्रमुख सचेतकमा दिलिपकुमार साह र सचेतकमा रुबी कर्णलाई चयन गरिएको थियो ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार प्रदेश सभामा कानून सम्बन्धी उपसचिव अहिले नभएका कारण चैत्र २९ गते निर्णय लिन असम्भव भएको थियो । सभामुख सरोज कुमार यादवले कानूनी परामर्श लिएर माओवादी केन्द्रले पठाएको पत्र प्रदेश सभाको बैठकमा पढेर सुनाएपछि स्वतः पद रिक्त हुने यादवले बताए ।

समानुपातिक सांसद मोहम्मद समिरको स्थानमा माओवादी केन्द्रले नयाँ व्यक्तिलाई मनोनयन गरेर पठाउने माओवादी संसदीय दलका नेता साहले बताए ।

तर, तीनवटा निर्वाचित स्थानमा भने जनताले आफ्नो जनप्रतिनिधि पाउने छैनन् । त्यहाँ उप-निर्वाचन गरेर मात्र नयाँ जनप्रतिनिधि चयन गर्न सकिनेछ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x