×

NMB BANK
NIC ASIA

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ !

बैशाख ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बुधवार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाममा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैंसे पुरुषको शव फेला पार्‍यो ।

Muktinath Bank

घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुनसक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधवारबाटै अगाडि बढायो । शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीलाई मृतकले लगाएको कपडाभित्रका कागजातले अनुसन्धानमा निकै सहज बनायो । 


Advertisment
Nabil box
Kumari

बेवारिसे शवका विषयमा सबैतिर जानकारी गराउँदा बुटवलबाट १ युवक चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएपछि अनुसन्धानको दायरा साँघुरिँदै आयो । बुटवलमा हराएको युवाका आफन्त बिहीवार बागलुङ आएपछि अन्ततः शवको पहिचान खुल्यो ।

Vianet communication
Laxmi Bank

ढोरपाटन–२ रिनाममा गाडिएको अवस्थामा फेला परेको शव नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

बुटवलमा व्यवसाय गर्दै आएका बसेल चैत ४ गते रातिदेखि सम्र्पकविहीन भएका थिए । ‘प्रारम्भिक अनुसन्धानबाट बुटवलमा हत्या गरी शव लुकाउन बागलुङ ल्याएको देखिन्छ,’ सूचना अधिकारी हवारीले भने, ‘शवसँगै भएको व्यावसायिक कागजातका आधारमा अनुसन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले बिहीवार पक्राउ गरेको छ, आर्थिक लेनदेनका कारण हत्या गरेको स्वीकार गरे पनि एक्लैले हत्या गरी शव बागलुङ ल्याउन मुस्किल हुन्छ, थप अनुसन्धान भइरहेको छ ।’

हवारीका अनुसार बुटवल प्रहरी र बागलुङ प्रहरीले समन्वयमा अनुसन्धान गरिरहेका छन् । अन्य मानिस समेत शंकाको घेरामा रहेका उनले बताए । उनले हत्यामा संलग्न १ जना फरार रहेका बताए ।

‘हत्यामा कुनै पेशेवर अपराधीसमेत संलग्न भएको हुनसक्छ, बुटवलमा हत्या गरी शव सुटकेसमा राखेर बस चढेर बागलुङस्थित ढोरपाटन–२ रिनाम ल्याएर गाडेको अनुसन्धानबाट देखिन्छ,’ उनले भने, ‘हत्या सुनियोजित भएको हुँदा एक्लैले सम्भव देखिँदैन, अन्य कुरा थप अनुसन्धाबाटै खुल्ला ।’

साझेदारीमा व्यवसाय गर्दा आर्थिक विवाद भएकाले हत्या गरेर शव लुकाउन बागलुङ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको छ । 

बुटवलबाट बसको डिक्कीमा सुटकेसभित्र शव राखेर बागलुङको ढोरपाटन ल्याउनु भनेको निकै जटिल भएकाले हत्यारा निकै चलाख र पेशेवर समेत भएको देखिन्छ । गाडिएको अवस्थामा फेला परेको बेवारिसे शव दुर्घन्धित हुँदै गएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x