×

NMB BANK
NIC ASIA

बढ्दै कोरोना सङ्क्रमित, भरिँदै अस्पताल

बैशाख ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 भारतमा दोस्रोपटक कोरोना महामारीका रूपमा फैलिइरहेका बेला त्यसको असर सुदूरपश्चिम प्रदेशमा सिमानासित जोडिएका जिल्लामा पर्न थालेको छ ।

Muktinath Bank

केही समयअघि कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि रोजगारीका लागि भारत गए सुदूरपश्चिमेलीहरु कोरोनाको त्रासले घर फर्किने थालेपछि यहाँ कोरोनाको सङ्क्रमण ह्वात्तै बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतसित ओहरदोहर गर्ने सुदूरपश्चिमको मुख्यद्वार कञ्चनपुरको गड्डाचौकी र पूर्वी गौरीफन्टा नाकामा दैनिक कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । यहाँ सुनसान रहेको कोरोना अस्पताल सङ्क्रमितले भरिन थालेका छन् भने बन्द गरिएको आइसोलेशन शय्या स्थानीय प्रशासन र सरोकारवाला निकायले पुनःसञ्चालनको तयारी गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

कञ्चनपुरको महाकाली अस्पतालस्थित कोरोना अस्पताल सङ्क्रमित बिरामीले भरिएका छन् । अस्पतालमा अहिले ५३ कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । “कोरोना अस्पतालको क्षमता ५० शय्याको भए पनि अहिले बढी बिरामी राखेर उपचार गर्नुपरेको छ”, महाकाली अस्पताल कोभिड–१९ का सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले भने, “सङ्क्रमित थपिँदै जाँदा व्यवस्थापनमा थप जटिला थपिएका छन् ।” स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार यहाँको गड्डाचौकी नाकामा हरेक दिन १० देखि १५ जनामा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

Vianet communication
Laxmi Bank

महाकाली अस्पतालले कोरोना सङ्क्रमणका जटिल लक्षण देखिएका बिरामीलाई सघन उपचारका लागि धनगढी पठाउने गरेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले यहाँस्थित ‘आइसिएच’ भवनमा आइसोलेशन बनाउने तयारी गरिरहेको बताए । उनले उक्त भवनमा १०० शय्या राखेर उपचार गर्ने गरी आइसोलेशन कक्ष बनाउने काम भइरहेको बताए ।

बितेको एक महिनामा महाकाली अस्पतालमा १०७ सङ्क्रमित भर्ना भएका थिए । जसमध्ये केही वडाध्यक्षको सिफारिसमा होम आइसोलेशनमा छन् भने कोही निको भएर घर फर्किसकेको अस्पतालले जनाएको छ । नयाँ वर्षको अवसरमा यहाँका नाकाबाट स्वदेश फर्किने क्रम पनि बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । प्रहरीका अनुसार बितेको एक महिनामा गड्डाचौकी र गौरीफन्टा नाकाबाट झण्डै ४० हजार नागरिक स्वदेश फर्किएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चैत महिनादेखि सीमानाकामा स्वास्थ्यकर्मी खटिएर ‘एन्टिजेन’ परीक्षण थालिएको हो । केही समययता सङ्क्रमण बढ्न थालेपछि महाकाली अस्पतालमा पनि कोरोना परीक्षण गराउनेहरुको सङ्ख्या बढिरहेको छ । सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य दशकौँदेखि भारत हो । गत वर्ष कोरोना सङ्क्रमण बढेपछि डेढ लाखभन्दा बढी यहाँका नागरिक भारतबाट रोजगारी छाडेर घर फर्किएको तथ्याङ्क छ । खुला सिमानाका कारण बन्दाबन्दीका बेला लुकीछिपी स्वदेश फर्किने क्रम पनि चल्यो ।

गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका पुर्नबास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउदले आज बिहान नाकामा ३०० को कोरोना परीक्षण गरिएकामा ३३ जनामा सङ्क्रमण देखिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x