आईपीएल : हैदरावादको लगातार तेस्रो हार, मुम्बई इन्डियन्सले जित्यो

साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो ।


Advertisement

मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रनमा आउट हुँदा विजय शंकरले २८ रन जोडे ।

विराट सिंहले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ४० रनको इनिङ्स खेल्दा केइरन पोलार्डले अविजित ३५ रन बनाए ।

यस्तै कप्तान रोहित शर्माले ३२ रन बनाए । इशान किशन १२ रनमा आउट हुँदा सुर्य कुमार यादवले १० रन बनाए ।

हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २/२ विकेट लिए ।

जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईले ३ खेलमा ४ अंक जोडेको छ ।

हैदरावादको यो लगातार तेस्रो हार हो ।

हैदरावाद ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्