×

NMB BANK
NIC ASIA

जसपामा सांसदको गणना सुरु, को कता ?

बैशाख ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel


जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ। संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन्। 

Muktinath Bank

बाँकी ३२ सांसदमध्ये पूर्वराष्ट्रिय जनता पार्टीबाट निर्वाचित १६ र पूर्वसमाजवादी पार्टीबाट निर्वाचित १६ जना छन्। गत वर्ष यी दुई पार्टी मिलेर जसपा बनेको हो । जसपाभित्रको दुई लाइन विवादमा पूर्वराजपा खेमाका केही सांसदले पूर्वसमाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्वसमाजवादीका केही सांसदले पूर्वराजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई साथ दिएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसपामा यादव र ठाकुर दुवै अध्यक्ष छन्। ओलीसँग मिल्नुपर्छ भन्ने लाइनको नेतृत्व ठाकुरले र कुनै पनि अवस्थामा ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व यादवले गरेका छन्। पूर्वराजपा अध्यक्षमण्डलका ६ जनामध्ये महेन्द्र यादवले मात्र उपेन्द्रलाई साथ दिएका छन् । यसैगरी उपेन्द्रलाई जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेताहरू राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रामबावु यादव, लिला सिटौलालगायतले साथ दिएका छन्। पार्टीका नेता सूर्यनारायण यादव र सुरेन्द्र यादव एक ठाउँमा छन्। 


Advertisment
Nabil box
Kumari

सुरेन्द्र संघीय परिषद् अध्यक्ष भट्टराइसँग निकट मानिन्छन् । पार्टीभित्र रेणु यादव, इस्तियाक राई र प्रदीप यादवको छुट्टै गुट छ। उनीहरू पूर्वसमाजवादीका भए पनि उपेन्द्रको पक्षमा खुलेका छैनन्। राईले आफू न उपेन्द्र पक्ष न महन्थ पक्षधर भएको बताए। ‘म न महन्थ ठाकुर पक्षको हुँ, न उपेन्द्र यादव पक्षको हुँ। पार्टी सामूहिक नेतृत्वमा चल्नुपर्छ भन्ने लाइनमा म छु’, राईले भने, ‘जसपा कुनै व्यक्ति विशेषको पार्टी होइन । पार्टी बनाउन सबैको योगदान उत्तिकै छ।’  

Vianet communication
Laxmi Bank

पूर्वसमाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरैया, रुहीनाज र विमल श्रीवास्तवले पार्टीका माग पूरा गरे ओलीसँग मिल्न सकिने धारणा राख्दै आएका छन्। नागरिक दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x