×

NMB BANK
NIC ASIA

फ्लोर क्रसबाट जोगिएला शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार ?

बैशाख ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशको सत्ता समीकरण फेरबदलका लागि एमालेले संसद्मा दर्ता गरेको अविश्वास प्रस्तावलाई एमालेकै चार सांसदले विफल गराइदिएपछि विश्वासको मत पाएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले निरन्तरता पाएको छ। केन्द्रमा नेकपाभित्र केपी ओली समूहले गरेको ‘ज्यादती’ को हिसाबकिताब माधव–झलनाथ समुहले ‘फ्लोर क्रस’ मार्फत कर्णालीबाट लिन सुरु गरेको चर्चा एमाले वृत्तमा चुलिएको छ।  

Muktinath Bank

माधव–झलनाथले कर्णालीमा गरेको ‘हिसाबकिताब’ ले अन्य प्रदेशमा पनि प्रभाव पार्ने देखिएको छ। यो समूहका केन्द्रीय नेताहरूकै अभिव्यक्तिलाई आधार मान्ने हो भने पनि क्रस फ्लोर क्रसको शृंखला अन्य प्रदेशमा पनि पर्नेछ। यो समूहका उपाध्यक्ष युवराज ज्ञवालीले यसलाई ‘संकेत’ मात्रै भनेर उल्लेख गर्नुले पनि क्रस फ्लोरको शृंखला अन्य प्रदेशमा पनि हुने सम्भावना आंकलन गर्न सहजै सकिन्छ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णालीमा भएको फ्लोर क्रसको धक्का छिमेकी प्रदेश लुम्बिनीमा तत्कालै पर्ने देखिन्छ। ४१ मतसहित संसद्मा अल्पमतमा देखिएका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध यो प्रदेशमा आविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी माओबादी कांग्रेस लगाएतका दलहरूले गरिरहेका छन्। ४२ मतसहित अविश्वासको प्रस्तावका लागि तयारी भइरहेको यो प्रदेशमा मुख्यमन्त्री पोखरेललाई पदमुक्त गर्नका लागि बाँकी १ भोटको आवश्यकता पर्छ। कांग्रेसको १९, माओबादी केन्द्रका १७, जसपाका ५ र राजमोका १ सांसदले मुख्यमन्त्रीविरुद्ध जाने रणनीति बनाईसकेका छन्। जसपाको अनिर्णित एक मत मात्रै अविश्वासको प्रस्तावका पक्षमा नआए मात्रै एमालेको नेपाल/खनाल समूहको फ्लोर क्रस आवश्यक पर्नेछ।  


Advertisment
Nabil box
Kumari

तर कर्णालीको घटनाले अब यो प्रदेशमा पनि सत्ता फेरबदलका लागि सहज भएको एमाले माधव नेपाल, झलनाख खनाल समूहका केन्द्रीय सदस्य मेटमणी चौधरीको भनाइले पुष्टि गर्छ। ‘कर्णालीबाट सुरु भएको फ्लोर क्रस अब देशैभर जाने हो,यो कर्णाली प्रदेशमा मात्रै गरिएको चिज हैन,’ उनले भने ‘लुम्बिनी प्रदेशको हकमा पनि हामीहरू मुख्यमन्त्रीविरुद्ध बहुमत पु¥याउनका लागि आवश्यक मत क्रस गरेरै जान्छौँ।’  

Vianet communication
Laxmi Bank

उनका अनुसार सुरुमा माओवादी, कांग्रेस, जसपा र राजपाको भूमिका यो समूहले हेर्ने छ। मुख्यमन्त्री पोखरेलविरुद्ध उनिहरूकै मात्रै बहुमत पुग्ने अवस्था भए फ्लोर क्रस नहुने अन्यथा पोख्रेलको विदाइका लागि आवश्यक भोट क्रस हुने केन्द्रीय सदस्य चौधरी बताउँछन्। ‘कांग्रेस, माआवबादी, जसपा र राजमोले नै बहुमत पुर्‍याउने अवस्था आए हामी चुप बस्छौँ,’ उनले भने, ‘अन्यथा बहुमत पुर्‍याउनका लागि आवश्यक दुई तीन मत क्रस हुन्छ।’ 

तथापि उनले आफूहरूको समूहको मत प्रदेशमा के कति छ भनेर भने खुलाएनन्। उनले थपे, ‘तपाईं यत्ति बुझ्नुस् दुई तीन मत क्रस हुँदाबित्तिकै पोखरेलजी हट्नुहुन्छ, त्यो मत आवश्यक परेको खण्डमा क्रस हुन्छ।’  नेपाल–खनाल समूहले फ्लोर क्रसको मुद्दालाई एमाले अध्यक्ष ओलीको भूमिकासँग जोडेको छ। उसले फ्लोर क्रुसलाई ओलीको ज्यादतीविरुद्धको प्रहार भनेको छ। फलत: ओलीको व्यवहार नसुध्रिए कर्णालीबाट सुरु भएको फ्लोर क्रसको शृंखला देशैभर चल्ने उपाध्यक्ष ज्ञवालीले चेतावनी दिइसकेका छन्।नागरिक दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x