राखी सावन्त रिसाइन्– ‘मान्छे मरिरहेका छन्, तिमीहरूलाई आईपीएलको धन्धा !’

भारतमा कोरोनाको कहर जारी छ । तर यही समयमा इन्डियन प्रिमियर लीग चलिरहेको छ ।

टीभीकी ड्रामा क्वीन राखी सावन्तलाई यसले खुबै रिस उठाएछ । 


Advertisement

निर्भीक बयान दिन सिपालु राखीले मुम्बईको वान्खेडे स्टेडियममा खेलिएको आईपीएल खेलप्रति आक्रोश व्यक्त गरेकी हुन् । 

राखीसँग अन्तर्वार्तामा पत्रकारले सोधे, ‘तपाईं आईपीएल म्याचहरू फलो गरिरहनुभएको छ ?’

प्रश्न सुनेर उनी बेस्सरी रिसाइन् र भनिन्, ‘मुम्बईमा दिनहुँ धेरै मानिस कोरोनाबाट मरिरहेका छन् । हाम्रो जिन्दगी बर्बाद भएको छ । मानिसहरू चाहिँ आईपीएल खेलिरहेका छन् ।’

उनले थपिन्, ‘कोरोनाका कारण मुम्बई बन्द भएको छ । उता केही मानिस चाहिँ छुट्टी बिताउन माल्दिभ्स गएका छन् । म यहाँ एक्लै परें । सबैजना मुम्बईबाट माल्दिभ्समा मोज गर्न गएका छन् ।’ 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्