मेयर कप फूटसल प्रतियोगिता वैशाख ९ गतेदेखि

भक्तपुरको सूर्यविनायक नगरपालिकास्तरीय प्रथम मेयर कप फूटसल प्रतियोगिताको आयोजना हुने भएको छ ।

खेलकुदमार्फत युवाको शारीरिक तथा मानसिक विकास गर्ने उद्देश्यले आयोजना हुने सो प्रतियोगितामा १० वटै वडाको सहभागिता रहने छ ।


Advertisement

सूर्यविनायक–८ सिपाडोलस्थित सिपाडोल युवा समाजले आयोजना गर्ने प्रतियोगिताको तयारी पूरा भएको सुनपा–८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए ।
    
वैशाख ९ र १० गते आयोजना हुने प्रतियोगितामा ती वडाका ११ टीमबीच प्रतिस्पर्धा हुने समाजका अध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।
    
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार, सर्वाधिक गोलकर्तालाई १० हजार, उत्कृष्ट गोल रक्षकलाई १० हजार र उत्कृष्ट खेलाडीलाई १० हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने समाजका सचिव प्रदीप रिसालले बताए ।

कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनगर गर्दै स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगिता आयोजना गरिने भएको बताइएको छ । 

कमेन्ट गर्नुहोस्