×

NMB BANK
NIC ASIA

ढिलासुस्तीको पनि हद

परीक्षा उत्तीर्ण गरेको १२ वर्षपछि जागिरमा सिफारिश, काम गर्ने उमेर २ वर्ष मात्र बाँकी !

बैशाख ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल खानेपानी संस्थानले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि लिखित परीक्षा लिएको १२ वर्षपछि मात्र अन्तर्वार्ता लिएर नियुक्तिका लागि सिफारिश गरेको छ ।

Muktinath Bank

२०६६ सालमा विभिन्न पदका लागि विज्ञापन प्रकाशित गरेर लिखित परीक्षा लिएको भएपनि १२ वर्षपछि अन्तर्वार्ता लिएर नियुक्तिका लागि सिफारिश गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी सिफारिश गर्दा कतिपय आवेदकले अब उमेर हदका कारण २ देखि ५ वर्षसम्म मात्र जागिर खान पाउने भएका छन् ।


Advertisment
Nabil box
Kumari

नेपाल खानेपानी संस्थानको संस्थागत सेवा महाशाखाका प्रशासन प्रमुख त्रिदेवकुमार श्रेष्ठका अनुसार सिफारिश गरिएका कर्मचारीहरूमध्ये दुईजना कार्यालय सहयोगीको जागिर अवधि दुई वर्ष मात्र बाँकी रहनेछ ।

Vianet communication
Laxmi Bank

'कार्यालय सहयोगी अर्थमान तामाङ र मिटर रिडर शम्भुजंग राणाको जागिर अवधि दुई वर्ष मात्र बाँकी छ,' श्रेष्ठले लोकान्तरसँग भने, 'दुई वर्ष भएपनि जागिर खान्छु भनेर उहाँहरूले नियुक्ति लिनु भएको छ ।'

अन्य केहीले ५ वर्ष मात्र जागिर खान पाउने भएका छन् भने केहीको २० वर्षसम्म समेत उमेरले समस्या नपर्ने अवस्था रहेको उनले बताए ।

२०६६ सालमा संस्थानले विभिन्न पदका लागि विज्ञापन प्रकाशित गरेको थियो ।

प्रकाशित विज्ञापनका आधारमा लोक सेवा आयोगले लिखित परीक्षा समेत लिएको थियो । तर, २०६८ सालमा संस्थानले ओएमएन गर्दा परीक्षाको अन्य प्रक्रिया स्थगित गरिएको थियो ।

त्यसपछि केही उम्मेदवारले २०६८ सालमा परीक्षा सम्पन्न गरेर नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दिएका थिए ।

फरक-फरक विज्ञापनमा २०७४ साल साउन २९ गते र २०७४ साल चैत्र १३ गते सर्वोच्च अदालतले भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने फैसला गरेपछि त्यसैको आधारमा अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएको श्रेष्ठले बताए ।

सोही फैसला अनुसार विज्ञापन नम्बर ५९/०६६/६७ (खुला/समावेशी), प्रशासन सेवा, तह एक, कार्यालय सहयोगी पदको माग पद संख्या सिमित-२८, खुला-१५, महिला-४, आदिवासी जनजाति- ३, मधेशी- ३, दलित-१, अपाङ्ग -१, पिछडिएको क्षेत्र-१ गरी कुल ५६ पदका लागि २०६६ सालमा लिइएको लिखित परीक्षाबाट उत्तीर्ण भएका उम्मेदवारहरूको २०७७ पुस ९ गतेदेखि २९ गतेसम्म लिइएको अन्तर्वार्तामा उपस्थित १७४ जना उम्मेदवारबाट ५६ जनालाई स्थायी नियुक्तिका लागि २०७८ वैशाख ४ गते सिफारिश गरिएको थियो ।

त्यसैगरी मेकानिकल इञ्जिनीयरमा १ जना, सहायक प्रशासक अधिकृतमा १ जना, सहायक लेखा अधिकृतमा १ जना, सिनियर मिटर रिडरमा ४ जना, सिनियर प्लम्बरमा ५ जना, सहायक लेखामा ४ जना, जुनियर प्लम्बरमा ८ जना गरी कुल १ सय जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको छ । वरिष्ठ सहायक प्रशासनमा ४ पदका लागि भएको लिखित परीक्षामा नै कोही पनि उत्तीर्ण नभएका कारण अन्तर्वार्ता नलिइएको श्रेष्ठले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x