नेपालको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा कोरोना कर्फ्यू र लकडाउन

कोरोना भाइरस संक्रमणले महामारीको रूप लिएपछि नेपालको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा सप्ताहन्त लकडाउन र कोरोना कर्फ्यू लगाइएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलवार एक घोषणा गर्दै आगामी शुक्रवार राति ८ बजेदेखि सोमवार बिहान ७ बजेसम्म सप्ताहन्त लकडाउन हुने जनाएका छन् ।


Advertisement

कोरोना बढी प्रभावित क्षेत्रमा सरकारले राति ८ बजेदेखि बिहान ७ बजेसम्म दिनदिनै रात्रिकालीन कर्फ्यू लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लकडाउन र कर्फ्यूका बेला अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाइने छैन । स्वास्थ्यकर्मीहरूलाई भने लकडाउनका बेला समेत आवतजावतमा छुट दिइएको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्