बाइडन र पुटिनबीच भेटवार्ता हुने, समय र स्थान निश्चित हुन बाँकी

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति जो बाएडनबीच भेटवार्ता हुन सक्ने तर समय र स्थान पक्का नभएको रुसका परराष्ट्र राज्यमन्त्री सर्गे र्‍याबकोभले बताएका छन् । 

‘अहिले नै केही भन्नु हतारो हुनेछ, हामीले यसबारेमा विस्तृत योजना बनाएका छैनौं,’ उनले बताए । 


Advertisement

‘अमेरिकीहरूले यो कुरा उठाएका हुन् । हामी परिस्थितिको विश्लेषण गरिरहेका छौं । अमेरिकाको व्यवहारमा धेरै कुरा निर्भर छ,’ उनले भने । 

गत साता दुई राष्ट्रपतिले फोनमा कुरा गरेका थिए र विविध विषयमा कुराकानी भएको थियो । रुस र अमेरिकाबीच रणनीतिक स्थिरताका बारेमा पनि चर्चा भएको थियो । त्यही अवसरमा बाइडनले आगामी केही महिनाभित्र प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राखेका थिए । 

तर अमेरिका र रुसबीच तनावको स्थिति छ । रुसले अमेरिकाको राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको आरोप छ । त्यसैमा टेकेर अमेरिकाले रुसका विभिन्न कम्पनी र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ । 
बाइडनले पुटिनलाई हत्यारा समेत भनेका छन् ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्