×

NMB BANK
NIC ASIA

पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन आग्रह

बैशाख ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल पत्रकार महासंघले  कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरुले अर्थमन्त्री विष्णुप्रसाद  पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आग्रह गरेका हुन् ।

Muktinath Bank

सो अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाई विशेष प्राथमिकता दिन अनुरोध गरे । उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाले पत्रकारको क्षमता अभिवृद्धिका साथै व्यावसायिक र मर्यादित हुन थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारहरुलाई प्रत्यक्ष लाभ पुग्ने कोभिडबाट अतिप्रभावित पत्रकारहरुलाई थप लेखन वृत्तिको व्यवस्था गर्न जरुरी रहेको बताए ।
महासचिव रोशन पुरीले पत्रकार कल्याणकारी कोषको स्थापना र ज्येष्ठ पत्रकार सम्मान वृत्तिलाई सम्बोधन गर्न आग्रह गरे । उनले श्रमजीवी पत्रकारका समस्या समाधानमा सरकारको सहयोगको अपेक्षा गरे ।
पत्रकार महासंघका पदाधिकारीहरुले पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न,  नेपाल पत्रकार महासंघको भवनमा पूर्वाधार बढाउन लगायतमा सहयोग गर्न पनि आग्रह गरेका थिए । उनीहरुले पत्रकार महासंघको महाधिवेशन र निर्वाचनका लागि सरकारले आर्थिक सहयोग गरेकोमा धन्यवाद  व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

सो क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रेस स्वतन्त्रताको प्रवर्द्धन र व्यवसायिक पत्रकारिताको विकासका लागि  सरकारले सक्दो सहयोग गर्ने बताए । उनले आलोचना र प्रश्नहरु लोकतन्त्रका सुन्दर पक्षहरू रहेको भन्दै तथ्यलाई विशेष ध्यान दिन आवश्यक भएको धारणा व्यक्त गरे ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x