नक्कली पीसीआर रिपोर्ट बनाउने ८ जना पक्राउ

नक्कली पीसीआर बनाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंको सिनामंगलमा रहेको सुरिया हेल्थ केयरका कर्मचारीलाई पक्राउ गरेको छ ।  
मंगलबार महानगरीय अपराध महाशाखाको टोलीले ४ थान नक्कली परीक्षण रिपोर्ट सहित व्यवस्थापन प्रमुख खेलानन्द प्रसाद सिंह सहित ८ जना कर्मचारीलाई पक्राउ गरेको हो ।

हेल्थ केयरका संचालकलगायतको मिलेमतोमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि चर्को रकम असुलेर नक्कली रिपोर्ट दिने गरेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेका थियो ।


Advertisement

प्रहरी टोलीले हेल्थ केयरको कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिइ थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबरमा हेल्थकेयरको सेवा हाललाई बन्द गराएको छ ।


पक्राउ परेका व्यक्तिहरु :-
१.जिल्ला झापा गौरादह न.पा.वडा नं.७ घर भई हाल का.जि.का.म.न.पा.३२ पेप्सीगोला बस्ने बर्ष ४५ को प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी ।
२.जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.१३ घर भई हाल ल.पु.ईमाडोल बस्ने बर्ष ३२ को प्रमोद कुमार यादव   ।
३.जिल्ला महोत्तरी गौशाला न.पा.१ घर भई बस्ने बर्ष ५० को प्रदिप कुमार गिरी ।
४.जिल्ला महोत्तरी सोनाम गा.पा.वडा नं.६ घर भई हाल का.जि.सिनामंगल बस्ने बर्ष २५ को अमन कुमार यादव ।
५.जिल्ला मोरङ बिराटनगर म.न.पा.वडा न.पा.३ घर भई हाल का.जि.अनामनगर बस्ने बर्ष ३२ को वजेश पोख्रेल ।
६.जिल्ला महोतरी गौसाला न.पा.वडा नं. १ घर भई हाल का.जि.बानेश्वर बस्ने बर्ष २२ को बादल मिरिङ छिङ ।
७.जिल्ला दोलखा बैतेश्वरी न.पा.वडा न.५ घर भई हाल का.जि.चाबहिल बस्ने बर्ष २२ को सरोज क्षेत्री ।
८.जिल्ला सप्तरी मध्यपुरा गा.पा.वडा न.१ घर भई हाल ललितपुर धापाखेल बस्ने बर्ष ४४ को डा.खेलानन्द प्रसाद सिंह ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्