राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको रथमा दर्शन गरी प्रसाद ग्रहण गरेकी छन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशाला परिसरबाट वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याइन्छ । रथ तानेर असनमा ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । राजतन्त्र हुँदा राजा दर्शनका लागि आउने गरेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिबाट निरन्तरता दिने क्रम शुरु भएको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्