माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
काठमाडौंकी बबिता (नाम परिर्वतन)ले २३ वर्षअगाडि काठमाडौंको नयाँ बसपार्क परिसरमा गार्डेन रेस्टुरेन्ट सञ्चालन गर्दै आएका विकास (नाम परिर्वतन)सँग प्रेम विवाह गरेकी थिइन् ।
विकास विवाहित पुरुष थिए । उनकी जेठी श्रीमतीले अर्कैसँग विवाह गरेपछि विकासले बबितालाई भित्र्याएका थिए । जेठी श्रीमतीतर्फबाट विकासकी एक छोरी पनि थिइन् ।
विवाहको २३ वर्षको दौरानमा बबिताबाट ३ सन्तान भए । उनीहरूको घरपरिवार राम्रैसँग चलिरहेको थियो ।
व्यापार राम्रै भएकाले उनीहरूले काठमाडौंको बूढानीलकण्ठमा जग्गा पनि जोडेका थिए ।
त्यसपछि काठमाडौं महानगरपालिकाले बसपार्कभित्रका पसलहरू हटाउने क्रममा उनीहरूको रेष्टुरेन्ट पनि हट्यो ।
रेष्टुरेन्ट हटेपछि बबिताले बूढानीलकण्ठमा कपडाको फेन्सी पसल चलाउन थालिन् भने विकासले नयाँ बसपार्कमा नयाँ बन्न लागेको भवनमा काम गर्न थाले ।
श्रीमानले जागिर गर्ने र बबिताले फेन्सी पसल चलाउने गर्दा कमाई राम्रै थियो । छोराछोरी पढाइरहेका थिए । तर विकास २०७४ साल भदौ ११ गते स्कूटर दुर्घटनामा परे ।
उपचारका क्रममा विकासको मृत्यु भयो । त्यसपछि सबै व्यवहार बबिताको काँधमा आयो ।
अलिअलि कमाएको पैसा पनि उपचारमा सकियो । चलाउँदै आएको फेन्सी पसल पनि बेच्नुपर्ने अवस्था आयो । केही महिनामै बबितालाई परिवार चलाउन धौ–धौ भयो ।
बबिताकी सौतेनी छोरी सबिता (नाम परिवर्तन)ले पनि आर्थिक अभावका कारण पढाई बीचमै छाड्नुपर्यो ।
आफन्तसँगै राखेर साना छोराछोरीलाई पढ्ने व्यवस्था मिलाएर बबिता र सबिताले वैदेशिक रोजगारीमा जाने योजना बनाए ।
उनीहरूले विदेश पठाउने कन्सल्टेन्सी र म्यानपावरहरूमा पनि बुझे । त्यही क्रममा सबिताका साथी समेत रहेका अनिल डंगोलले जानुका लामा घिसिङसँग सम्पर्क गराइदिए ।
फोन नम्बर पनि दिए । उनीहरूले घिसिङलाई सामाखुशीको एउटा चिया पसलमा लकडाउनभन्दा केही समयअगाडि अर्थात २०७६ फागुन महिनामा भेटेर वैदेशिक रोजगारीमा जान चाहेको बताए ।
त्यो समयमा घिसिङले उनीहरूलाई आफ्नो श्रीमान् टर्कीमा काम गर्ने र आफू पनि जान लागेको भन्दै उनीहरूलाई विश्वास दिलाइन् ।
‘मेरो श्रीमान टर्कीमा काम गर्नुहुन्छ, म पनि जाने हो, मासिक ९० हजार कमाइ हुन्छ,’ भनेर विश्वास दिलाएको पाइएको मानव बेचबिखन अनुसन्धान ब्यूरोकी प्रमुख प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दुर्गा सिंहले बताइन् ।
सिंहका अनुसार घिसिङले पहिला उनीहरूलाई फ्री भिसा र फ्री टिकटको व्यवस्था गरिदिने आश्वासन दिएकी थिइन् ।
घिसिङले उनीहरूलाई विश्वासमा लिनका लागि ‘होटलमा सँगै काम गर्ने हो, तिमीहरू मसँगै त्यहीँ गएर तालिम लिनुपर्छ,’ भनेको पीडित बबिताले प्रहरीसँगको बयान उल्लेख गरेकी छन् ।
घिसिङले ५ तारे होटलमा काम पाइएको र त्यसका लागि प्रतिव्यक्ति ५ लाख रुपैयाँ लाग्ने बताइन् । भिसाका लागि भनेर शुरूमा आमाछोरीसँग १/१ लाख मागिन् ।
पैसा मागेको एक हप्तापछि म्यानपावर कहाँ छ ? भनेर सोध्दा टर्कीको दूतावास नेपालमा नभएकाले गोंगबुको गुरुदेव मेडिकलबाट काम गर्दै आएको बताइन् र अफिस पनि देखाइन् ।
त्यहाँ उनीहरूले मेडिकल टेष्ट पनि गरे । भीएफएसबाट भिसा लगाउनका लागि पैसा अनिवार्य भएको भन्दै १/१ लाख रुपैयाँ नगद उनीहरूले दिए । उनले प्रहरी रिपोर्ट, बैंक खाता खोल्न भनेपछि उनीहरूले त्यो पनि गरे ।
बैंक खाता र प्रहरी रिपोर्ट आएपछि भिसा केही समयमा आउँदैछ भन्दै जानुका घिसिङले टर्कीमा रहेका भनिने लक्की सिंह उर्फ किस्मत सिंहसँग ‘इमो’मार्फत सम्पर्क गराइन् ।
लक्की सिंहले उनीहरूलाई समय–समयमा भिसाको अपडेट गराइरहन्थे ।
लक्कीले उनीहरूलाई ‘भिसा मैले लगाइदिने हो, तपाईंहरूले चिन्ता लिनु पर्दैन, नेपालमा कागजपत्र सबै जानुकाले मिलाउँछ,’ भन्दै आएको प्रहरीले जनाएको छ ।
केही दिनको कुराकानीपछि लक्कीले भिसा आएको र कागजपत्र बनेको भन्दै बाँकी रहेको ४/४ लाख मागे । बबिताले यति छिटो ८ लाख रुपैयाँ खोज्न अप्ठ्यारो हुने बताइन् ।
‘तपाईंहरूको कारणले अरू पनि भिसा रोकियो, जसरी हुन्छ छिटो गर्नुस्,’ भन्दै लक्की र जानुकाले फोन गर्न थाले ।
बबिता र सबितालाई दिनानुदिनको आर्थिक अभाव र विदेशमा गएर पैसा कमाउने मोहले टोलमा रहेको ४ आना जग्गा ५० लाख रुपैयाँ बिक्री गरे ।
जानुकालाई ८ लाख रुपैयाँ एकमुष्ट नगद २०७६ फागुन २९ गते दिए । अन्य पैसा बैंकमा जम्मा गरे ।
पैसा पाएपछि जानुका र गुरुदेव मेडिकल सञ्चालिका पूर्णिमाले लकडाउनभन्दा केही दिनअगाडि अर्थात २०७६ चैत्र ७ गतेको टिकट बन्यो भन्दै फोन गरिन्, तर टिकट भने देखाइनन् ।
कोरोनाका कारण लकडाउन भयो । उनीहरूले पैसा पछि दिन्छौं अहिले फिर्ता दिनुस् भन्दा पूर्णिमाले ‘कस्तो पागल रहेछन्’ भन्दै हप्काउन थालिन् ।
उनीहरूले गोंगबुको मेडिकलमा गएर पैसा माग्दा ‘कोरोना फैलाए भनेर प्रहरी बोलाइदिऊँ’ भन्दै तथानाम गाली गरेको बबिताले प्रहरीलाई दिएको बयानमा बताएकी छन् ।
अर्को दिन मेडिकलमा जाँदा उनीहरू मेडिकल बन्द गरेर भागिसकेका थिए । त्यही बीचमा लक्की सिंहले फोन गरेर उनीहरूलाई डिस्टर्ब नगर सबै मैले मिलाउने हो भन्न थाले । जानुका र पूर्णिमा भने सम्पर्कविहीन भए ।
त्यही बीचमा जीवन भट्ट भन्ने व्यक्तिले उनीहरूलाई टिकट मिलाए र उनीहरू २०७७ असोज २२ गते अर्थात सन् २०२० अक्टोबर ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्समार्फत टर्कीका लागि उडे ।
टर्कीमा उनीहरूलाई लक्की सिंहको कोठामा राखियो । जागिर खोइ ? भन्दा १/२ दिनमा हुन्छ भन्दै ३ हप्तासम्म यत्तिकै राखे ।
त्यसपछि त्यहाँको एक स्थानीय होटलमा जागिर लगाइदिए, तर जागिर लागेको १ हप्तामा टर्कीमा लकडाउन शुरू भयो ।
उनीहरू बिचल्लीमा परे । लक्कीले अर्को ठाउँमा जागिर लगाइदिन्छु भन्दै टर्की र ग्रीसको बोर्डर स्वस्टे भन्ने ठाउँमा राखे ।
केही दिनपछि सबिताका लागि जागिर पाएको बताए र उनलाई त्यहाँबाट स्केन्दरुन भन्ने ठाउँमा लगे । तर बबितालाई भने ‘तँ जस्तो बुढीले जागिर पाउँदिनस्’ भन्दै गाली गर्न थाले ।
उता सबितालाई भने एकजना अपरिचित व्यक्तिले लिएर गए ।
उनले यहाँ बस्दिनँ नेपाल फर्किन्छु भन्दा ‘तँलाई हामीले २ हजार लिरा (टर्किस मुद्रा) (करीब ३० हजार नेपाली रुपैयाँ) मा किनेको हो, हामीले भनेको मान्नुपर्छ’ भन्दै गालीगलौज गरेको प्रहरीलाई बताएकी छन् ।
उनले जसरी पनि नेपाल फर्कने ढिपी गरेपछि आमा बबितासँग भेट गराएर २०७७ मंसिर ८ गते त्यहाँ रहेका अन्य नेपालीहरूको सहयोगमा नेपाल फर्काइयो ।
नेपाल आएपछि सबिताले लक्की, जानुका र पूर्णिमाविरुद्ध जाहेरी दिइन् । प्रहरीकै सहयोगमा २०७७ पुस २७ गते बबिता पनि नेपाल फर्किइन् ।
तर उनीहरूले नेपाल फर्किने क्रममा लक्की सिंहले ‘पूर्णिमा र जानुकालाई केही गर्ने छैन’ भनी कागज गराएका पठाएका थिए ।
उनीहरूको जाहेरीका आधारमा प्रहरीले जानुका र जीवन भट्टलाई २०७७ फागुन १३ गते पक्राउ गरेको थियो । तर लक्की र जानुका भने अझै फरार छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोकी प्रमुख एसएसपी दुर्गा सिंहका अनुसार पक्राउ परेका दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ अनुसार कारवाहीका लागि अदालतमा प्रतिवेदन पेश गरिएको थियो ।
जिल्ला अदालत काठमाडौंले जीवन भट्टलाई ३ लाख धरौटीमा छाडेको छ भने पूर्णिमालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
प्रहरीको अनुसन्धानका क्रममा लक्की सिंह र मेडिकल सञ्चालिका पूर्णिमा बुवा–छोरी भएको खुलेको छ ।
‘पूर्णिमा र लक्की बाबुछोरी रहेछन्,’ अनुसन्धान अधिकारीले लोकान्तरसँग भने, ‘अनुसन्धानपछि मात्र सो कुरा खुलेको थियो ।’
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...