अंग्रेज क्लबहरू पछि हटेपछि युरोपीयन सुपर लीगले केही परिवर्तन गर्ने

युरोपका धनी फूटबल क्लबहरूले बेग्लै युरोपीयन सुपर लीग बनाउने घोषणा गरेको भए पनि बेलायतका ६ वटा क्लब त्यसबाट फिर्ता भएपछि त्यसको भविष्य अन्योलमा परेको छ । 

त्यसपछि युरोपीयन सुपर लीगले यस लीगमा केही परिवर्तन गर्ने जनाएको छ ।


Advertisement

अर्बौंको चलखेल हुने युरोपीयन सुपर लीग घोषणा गरेको ४८ घन्टामा फूटबल प्रशंसक, खेलाडी, खेल अधिकारी र वरिष्ठ नेताहरूले कडा विरोध गरेका थिए । 
 

युरोपीयन सुपर लीगले एक बयान जारी गर्दै आफूहरू नयाँ लीग बनाउन प्रतिबद्ध रहेको तर प्रथम प्रस्ताव उपयुक्त नरहेको जनायो । 

युरोपेली फूटबलको यथास्थिति परिवर्तन हुनु जरूरी छ,’ बयानमा उल्लेख गरिएको छ । ‘तर अहिलेको परिस्थितिमा हामीले यस परियोजनालाई नयाँ आकार दिनका लागि कस्ता कदम आवश्यक हुन्छन् भनी विचार गरिरहेका छौं ।’

मंगलवार साँझ बेलायती क्लबहरू आर्सनल, चेल्सी, लिभरपूल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटनहम हटस्परले सार्वजनिक बयान जारी गरेर युरोपीयन सुपर लीगमा सहभागी हुन नसक्ने जनाए । 

‘यो परियोजनाको आज मृत्यु भएको छ र यो पूर्णतः अन्त्य हुने बाटोमा छ,’ रियाल मड्रिड क्लबका अध्यक्ष रामोन काल्डेरोनले बताए । 

‘यो अन्त्य हुनैपर्थ्यो किनकि यो फूटबललाई मार्ने उद्देश्यका साथ ल्याइएको थियो । अहिले महामारीका कारण धेरै क्लबहरू आर्थिक समस्यामा परी संघर्ष गरिरहेका छन् र फूटबललाई यतिखेर एकता र एक्यबद्धता आवश्यक छ ।’

बेलायतको फूटबल एसोसिएसन, यूईएफए र फिफाले समेत युरोपीयन सुपर लीगमा सहभागी क्लबमा खेलाडीमा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्