×

NMB BANK
NIC ASIA

दोस्रो लहरको कोरोना संक्रमण एकजनाबाट ७० जनासम्ममा सर्ने

बैशाख ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण एकजनाबाट ७० जनासम्ममा सर्ने गरेको चिकित्सकले औंल्याएका छन्। गत वर्ष नेपालमा देखिएको कोरोना सर्ने दर एक व्यक्ति बराबर १० थियो । यसरी पछिल्लो समय देखिएको कोरोना भेरियन्ट अघिल्लोको तुलनामा सात गुणा बढी मानिसलाई सर्न सक्छ।

Muktinath Bank

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा.बाबुराम मरासिनी भन्छन्, ‘अहिलेको युके भेरियन्टको संक्रमण दिनमै चौगुणा बढी देखिन्छ।’ यसले गर्दा दैनिक संक्रमित संख्या बढ्ने र संक्रमितहरूमा निमोनियासमेत हुने हुनाले अस्पतालमा भर्नादर बढ्ने स्थिति छ। ‘यही दरमा संक्रमण वृद्धि हुने हो भने केही दिनमै कोभिड अस्पतालमा बेड अभाव हुने स्थिति आउँछ’, डा. मरासिनीले भने, ‘जति धेरै संक्रमित उति नै अक्सिजन र भेन्टिलेटर सुविधासहितको अस्पताल चाहिन्छ।’ संक्रमितमा अक्सिजनको मात्रा घटेमा पनि अस्पताल नै भर्ना गर्नुपर्ने हुनाले अब सरकारले कोभिड अस्पताल निर्माणमा जोड दिनुपर्ने अवस्था आएको उनको सुझाव छ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीव्र गतिमा फैलिएको संक्रमणका कारण अस्पतालमा दैनिक भर्ना हुने दरमा समेत वृद्धि भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए। ‘चाँडै धेरै बिरामी भर्ना भएका छन् । धेरैमा खोकी नलागे पनि निमोनिया भएको देखिन्छ’, उनले भने । भर्ना भएकामा निमोनिया र श्वास–प्रश्वासको समस्या बढी देखिएको छ।  नागरिक दैनिकमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x