८६ दललाई आयोगको डन्डा

निर्वाचन आयोगले कानुनबमोजिम लेखापरीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई बुधबार पुनः स्पष्टीकरण सोधेको छ । सत्तारूढ दल एमालेको विवादलाई पन्छाउँदै आएको आयोगले साना दललाई कारबाही गर्न तदारुकता देखाउँदै सो स्पष्टीकरणपत्र लेखी पठाएको हो । लगातार तीन आर्थिक वर्षसम्म प्रतिवेदन नबुझाउने ४६ र नियमित लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४० दल गरी ८६ दललाई स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । स्पष्टीकरण सूचीमा परेका दलहरु संसद्मा प्रतिनिधित्व नभएका साना दल रहेका छन् ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्