फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
गत वर्ष नेपालगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको ६ महिनापछि सरकारले जटिल लक्षण देखिएका बाहेकको पीसीआर परीक्षण बन्द गर्यो । संक्रमितसित सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्न छाडियो ।
अस्पताल र होटलमा बनाइएका आइसोलेसन रित्तिए । संक्रमण नियन्त्रणमा आएको भन्दै ४ महिनाअघि विद्यालय खुले । मध्य पश्चिमको ठूलो शहर पूर्ववत् अवस्थामा फर्कियो ।
नेपाल–भारत सीमा खुले । भौतिक दूरी कायम गरिएन । मास्क लगाउन छाडियो । त्यसबेला चिकित्सकले कोरोनाको दोस्रो लहर फैलिन सक्ने भन्दै सावधानीका लागि पटक–पटक आग्रह गरे ।
‘संक्रमण नियन्त्रण गर्ने सबैभन्दा भरपर्दो उपाय अनिवार्य स्वास्थ्य मापदण्ड पालना नै हो । तर नेपालगञ्जमा त्यसको धज्जी उडाइयो । जसको परिणाम हामीले फेरि भोग्नुपरेको छ,’ भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले भने, ‘हरेक दिन सयभन्दा बढी संक्रमित थपिरहँदा पनि बेवास्ता भइरहेको छ । सावधानी नअपनाउने हो भने स्थिति भयावह बन्न सक्छ । चाहेर पनि केही गर्न सक्दैनौं ।’
यहाँ भुसको आगो जस्तै संक्रमण फैलिनुको कारण लापरबाही भएको चिकित्सकले बताए । विना काम घर बाहिर निस्किने, मास्क नलगाउने, भीडभाड बढी गर्ने, अंकमाल गर्ने, हात मिलाउने गरिएकाले पनि संक्रमण बढेको हुन सक्ने उनीहरूको तर्क छ ।
गत वर्ष वैशाख १९ गते नेपालगन्ज उपमहानगरपालिका–८ का एक स्थानीयमा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभर त्रास फैलिएको थियो । ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्दैगर्दा एउटै टोलमा ६३ जना संक्रमित फेला परे । स्थानीय आफैंले टोलटोलमा डोरी, बेरियल लगाएर बन्द गरे । संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले तीनपल्ट लकडाउन गर्यो । निषेधाज्ञा लगाएर नेपाली सेनासमेत परिचालन गरियो । त्यसले कोरोनाको महामारी नियन्त्रणमा निकै ठूलो सफलता मिलेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले भारतबाट फर्किनेमध्ये थोरैमा र स्थानीयमा बढी संक्रमण देखिएको बताए । लापरबाही गरेकै कारण कोरोनाको संक्रमण समुदायमा सरिसकेको उनले जनाए ।
‘सबैले सावधानी अपनाउनुपर्थ्यो । तर हामीले सोचेजस्तो सहयोग भएन,’ उनले भने, ‘पछिल्लो समयका संक्रमितमा जटिल खालको समस्या देखिरहेको छ । यो निकै चिन्ताको विषय हो ।’ उनका अनुसार स्वास्थ्य मापदण्ड पूरा नगर्नु र कोरोनालाई बेवास्ता गरिएकै कारण नेपालगन्ज फेरि हटस्पट बनेको हो । दैनिक संक्रमित थपिने क्रम हेर्दा कोरोना नियन्त्रणबाहिर जाने खतरा बढेको छ ।
पछिल्लो २ हप्तामा जिल्लामा संक्रमित ह्वात्तै बढेका छन् । अहिले दैनिक ३०० भन्दा बढी संक्रमित भइरहेका छन् । भेरी अस्पताल, शिक्षण अस्पताल नेपालगञ्ज र अनुमति प्राप्त ल्याबहरूमा गरिएको परीक्षणमा ८० प्रतिशतसम्म पोजेटिभ रिपोर्ट आउन थालेको छ ।
‘भेरी अस्पताल आफ्नो स्रोतसाधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको छ । तर यसैगरी बिरामीको चाप बढ्ने हो भने थेग्न मुस्किल हुने निश्चित छ,’ अस्पताल प्रमुख डा. प्रकाश थापाले भने, ‘संक्रमणलाई थप फैलिन नदिन सरकारले अनुरोध गरेबमोजिम सुरक्षाका मापदण्डको पालना गरौं ।’
कोरोनाका बिरामी कोभिड वार्डमा नअटाएपछि जनरल वार्डमा राखिन थालेको छ । संक्रमण फैलिइरहने र अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको चिकित्सक बताउँछन् ।
यस क्षेत्रकै सबैभन्दा ठूलो र सुविधायुक्त उक्त अस्पतालले बनाएको कोभिड वार्ड बिरामीले भरिभराउ छन् । तर दैनिक १०० बढी कोरोनाका बिरामी थपिँदै गएका छन् । अस्पताल भरिभराउ हुँदा थपिएका कोरानाका बिरामी होम आइसोलेसनमा बस्दै आएका छन् । १ हप्ताको दौरानमा परीक्षण गर्दा साढे ७०० कोरानाका बिरामी थपिएका छन् ।
भेरी अस्पतालमा कोरोनाका ८२ बिरामी भर्ना भएका छन् । ३४ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा छन् ।
उच्च जोखिम रहेको नेपालगञ्जमा जिल्ला प्रशासन कार्यालयले बुधवार राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सूचनामा बिरामीले अस्पतालका बेड भरिभराउ भएको अवस्थालाई गम्भीरतापूर्वक लिई यस्तो निर्णय लिनुपरेको उल्लेख छ ।
कपिलवस्तुस्थित कृष्णनगर नाका हुँदै भित्रिइरहेका ३ जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भयो । संक्रमित व्यक्तिको स्वाब संकलन गरेका स्वास्थ्यकर्मीले पीपीई सेट लगाएका थिएनन् । ‘संक्रमण पुष्टि भएपछि आत्तियौं र जोखिम महसूस गर्यौं,’ एक स्वास्थ्यकर्मीले भने, ‘कृष्णनगर नगरपालिकालाई जानकारी गरायौं तर कुनै रेस्पोन्स नआएपछि संक्रमितलाई घरघर पठायौं ।’ नयाँदिल्लीमा लकडाउन भएपछि यसरी मुलुक आउनेको संख्या बढिरहेको छ । यसरी आउनेमध्ये मंगलवार ज्वरो आएका, रुघाखोकी लागेका ५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । कृष्णनगर नगरपालिकाले दशगजामा राखेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले परीक्षण गर्दा मंगलवार ३ जनामा संक्रमण पुष्टि भएको हो ।
सरकारले संक्रमितलाई होम आइसोलेसनसम्म पठाउँदा सार्वजनिक यातायातमा नपठाउन निर्देशन गरेको छ । यहाँ संक्रमितहरू आफूखुशी गाडी चढेर घर पुगिरहेका छन् ।
जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको अध्यक्षतामा गत वैशाख २ गते बसेको बैठकले लक्षण देखिएका बिरामीलाई अस्पतालको आइसोलेसनमा राख्ने निर्णय गरेको थियो । यसका लागि स्थानीय तहलाई अस्पतालमा आइसोलेसन सेन्टर बनाउन अनुरोध गरेको थियो । सदरमुकाम तौलिहवामा साविकको महिला विकास कार्यालयमा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरिए पनि सञ्चालनमा आएको छैन ।
‘स्थानीय तहलाई क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाउन सरकारको स्पष्ट निर्देशन छैन,’ प्रजिअ पाण्डेले भने, ‘त्यही भएर हामीले अनुरोध गरेको हो ।’ प्रशासन र स्थानीय तहबीच समन्वय गरेर समस्या समाधान भइरहेको उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...