कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
बैशाख ९, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर गतिविधि गरिरहेकाहरूले अर्काे पार्टी खोलेर हिँड्दा पार्टीलाई क्षति नहोस् भनेर सम्झाइबुझाई गरिरहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा बल्खुमा एमाले केन्द्रीय कार्यालयको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गुटगत गतिविधि मान्य नहुने बताए ।
‘पार्टीमा समूहगत रूपमा कुनै पनि सम्झौता हुँदैन । अर्को पार्टी खोलेर हिँड्दा पनि पार्टीलाई क्षति नहोस् भनेर कारवाही नगरेर सम्झाइबुझाई प्रयास र सच्याउने विषयमा नै केन्द्रित रहेको छु,’ ओलीले भने, ‘अनुशासनहीनता, अराजकता, पार्टी विरोधी गतिविधि, गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन सकिँदैन ।’
पार्टीमा केही समस्या भए व्यक्तिगत रूपमा कुराकानी हुनसक्ने ओलीले बताए । ‘व्यक्तिगत तवरमा कुराकानी हुनसक्छ, सच्याउने हुनसक्छ, जिम्मेवारी दिन सकिन्छ । समूहगत रूपमा हुन सक्दैन,’ उनले भने ।
नेकपा एकीकृत रहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आफूलाई पटक–पटक पार्टीबाट निकालेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई पार्टीविहीन बनाउने योजना असफल भएको बताए ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...