कांग्रेसको प्रस्ताव– प्रदेश २ को नाम मिथिला-भोजपुरा

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

फाइल फोटो

नेपाली कांग्रेसले प्रदेश नम्बर २ को नाम मिथिला-भोजपुरा राख्न प्रस्ताव गरेको छ ।

प्रदेश सभा सचिवालयमा कांग्रेसले बिहीवार उक्त प्रस्ताव दर्ता गराएको हो ।


Advertisement

साथै कांग्रेसले प्रदेशको राजधानी जनकपुर राख्न प्रस्ताव गरेको छ ।

नाम मिथिला-भोजपुरा र राजधानी जनकपुर राख्न प्रस्ताव गरिएको कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले लोकान्तरलाई जानकारी दिए ।

यसअघि जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेश राख्न प्रस्ताव गरिसकेका छन् ।

यस्तै एमालेले प्रदेशको नाम जानकी राख्न प्रस्ताव गरेको छ ।

प्रदेश राजधानी भने सबैले जनकपुर नै प्रस्ताव गरेका छन् ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्