७ हजार ५५३ विद्यालय पुनःनिर्माण

सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल, नेपालले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का निर्देशक रामशरण सापकोटाले सात हजार ५५३ विद्यालयमध्ये छ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको र बाँकी एक हजार ३०७ विद्यालय असारसम्म पुनःनिर्माण गरिने जानकारी दिए ।


Advertisement

आयोजनाले भूकम्पबाट क्षतिग्रस्त भएका ३१ जिल्लाका सात हजार ५५३ विद्यालयको पुनःनिर्माण विसं २०७२ बाट गर्न थालेको हो । विसं २०७२ को भूकम्पले अतिप्रभावित १४ र कम प्रभावित १७ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५८४ कक्षा कोठामा क्षति पुगेको थियो । क्षति भएकामध्ये एक हजार ५१९ विद्यालयको पुनःनिर्माणको काम हुन नसकेको उनले बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्