मोदीद्वारा पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द

कोभिड–१९ को महामारीबीच शुक्रबार आयोजना हुने भनिएको भारतीय जनता पार्टीको चुनावी ¥यालीको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका छन् ।

प्रधानमन्त्री मोदीले बिहीबार साँझ ट्वीट गर्दै आफूले पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द गरेको जानकारी गराएका हुन्। यस्तै मोदीले शुक्रबार कोभिड–१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने पनि ट्वीटमार्फत जानकारी दिएका छन् ।


Advertisement

भारतमा पछिल्लो समय कोरोना भाइरसको  सङ्क्रमण दिन प्रतिदिन उकालो लागिरहेको छ ।

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्