×

NMB BANK
NIC ASIA

एनसेलले काठमाडौंको मुटुमा खेल मैदान सहितको हरित उद्यान निर्माण गर्दै

बैशाख ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ ।

Muktinath Bank

आयोजना अन्तर्गत निर्माण हुने खेल मैदान सहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा शहर निर्माणमा योगदान पुर्‍याउने उद्देश्य लिएको एनसेलले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरित उद्यान काठमाडौं महानगरपालिका–२६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ । उद्यानमा मिनी फूटबल मैदान, बास्केट बल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान लगायतका विषेशता रहने छन् । उद्यान ५४ हजार ९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने छ ।


Advertisment
Nabil box
Kumari

एनसेल र काठमाडौं महानगरपालिका–२६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । समझदारी अनुसार एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरहेकोे छ । 

Vianet communication
Laxmi Bank

ग्राउन्ड क्लेरेन्सको कार्यसम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ । परम्परागत ढुंगेधारा, उद्यानमा आउने मानिसका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था उद्यानका केही थप विषेशता रहेका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले सामाजिक पहलबारे उत्साह व्यक्त गर्दै भने, ‘सामाजिक आर्थिक विकासमा योगदान पुर्‍याउँदै तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएका छौं । यो पहलले समुदायमा स्वस्थ वातावरण निर्माण गर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने छ । सरकारसँग सहकार्य गर्दै काठमाडौंको मुटुमा उदाहरणीय हरित उद्यान निर्माणका लागि योगदान पुर्‍याउन पाएकोमा हामी खुशी छौं ।’

काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्याम तिवारीले भने, ‘यस सहकार्यका लागि हामी एनसेलप्रति आभारी छौं । योजनाको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कुनै पनि सहयोग चाहिएमा हामी प्रदान गर्नेछौं । यो हाम्रो समुदाय र वडाको एउटा ठूलो सम्पत्ति हुनेछ र साथै यसले स्वस्थ हराभरा शहर निर्माणमा योगदान दिनेछ ।’

जिम्मेवार कर्पोरेट नागरिकको रूपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गतका शिक्षा र स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) लाई प्राथमिकतामा राख्दै सामाजिक कार्यहरू गर्दै आएकोे जनाइएको छ । औद्योगिक व्यवसाय नियमावली २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रूपमा राखेको छ । 

एनसेलले विभिन्न सामाजिक पहल अन्तर्गत आफ्नो स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोग लगायतका विभिन्न क्षेत्रमा १.२७ अर्बभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासको लागि सहयोग पुर्‍याएको छ । स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र एनसेलको प्राथमिकतामा रहेको छ ।  

वातावरण क्षेत्र अन्तर्गत एनसेलले वन तथा भूसंरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने काम पनि गर्दै आएको छ । झण्डै १०.२ किलोमिटर दूरी रहेको सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ । 

यसअघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा वृक्षारोपण गरेको थियो र यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरेको थियो । यस पहलको सफल कार्यन्वयनपछि सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x