मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बैशाख १०, २०७८
प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शय्या तयारी अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमित थपिनेक्रम बढेको छ ।
स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १ सय १० आईसीयू शय्या छन् । भेन्टिलेटर ४० वटा छन् ।प्रदेश २ मा ४८ आईसीयू र २८ भेन्टिलेटर छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा ५ सय ५६ आईसीयू शय्या र २ सय ५५ भेन्टिलेटर छन् ।
गण्डकी प्रदेशमा २ सय ४३ आईसीयू शय्या र ६७ वटा भेन्टिलेटर छन् । लुम्बिनी प्रदेशमा १ सय ५२ आईसीयू र ९० भेन्टिलेटर छन् । कर्णाली प्रदेशमा ३४ आईसीयू शय्या र १२ भेन्टिलेटर रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३७ आईसीयू शय्या र २७ भेन्टिलेटर छन् ।
त्यस्तै, देशभर हाल २ सय २९ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । जसअन्तर्गत १ सय ७० जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ८ जना आईसीयू, बाग्मती प्रदेशमा ६७ आईसीयू र ४१ भेन्टिलेटरमा छन् ।
गण्डकी प्रदेशमा एक जना आईसीयू र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६८ आईसीयू र १४ भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १६ जना आईसीयूमा उपचाररत छन् ।
सुदूरपश्चिम प्रदेशमा १० जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना उपचार हुने काठमाडौं उपत्यकाको १२ अस्पतालमा गरी ९० संक्रमित आईसीयू र भेन्टिलेटरमा तथा ३ सय ९६ जना आइसोलेसनमा छन् ।
हाल ११ हजार ६ सय ७५ संक्रमित होम आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५ जना संस्थागत आइसोलेसनमा छन् ।
त्यस्तै, बिहीबार थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभर २ लाख ९२ हजार १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ सय ५२ संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ७६ हजार ३ सय ४५ जना संक्रमित निको भइसकेका छन् । देशभर सक्रिय संक्रमित संख्या १२ हजार ६ सय ९० जना पुगेको छ । ८१ क्वारेन्टाइनमा छन् ।
स्वास्थ्य मन्त्रालयले कोरोना जोखिम बढेको भन्दै व्यक्ति स्वयं सचेत रहन आग्रह गरेको छ । भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइमा ध्यान दिन अनुरोध गरिँदै आएको छ । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...