भाइरल भयो प्रियंका र आयुष्मानको तस्वीर, प्रियंका भन्छिन् : खुशीको यो क्षण शेयर नगरी बस्नै सकिन

सामाजिक सञ्जालमा यतिखेर नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको तस्वीर भाइरल भइरहेको छ । 

प्रियंका यतिखेर गर्भवती छिन्  । केही समयअगाडि एक तस्वीर शेयर गर्दै उनले सोबारे जानकारी दिएकी थिइन् । 


Advertisement

हालै प्रियंकाले अर्को तस्वीर सार्वजनिक गरेकी छन् । सो तस्वीरमा उनी आयुष्मानसँगै छिन् । दुवै एक अर्कालाई चुम्बन गर्दै गरेको तस्वीरमा 'बेबी बम्प' पनि देखाइएको छ । 

उनले आफूहरूले दिनदिनै नयाँ कुरा सिकिरहेको भन्दै खुशीको यस्तो क्षण शेयर नगरी बस्नै नसक्ने समेत बताएकी छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्