×

NMB BANK
NIC ASIA

बढ्दो तिक्तता

ओलीसँगको भेटबारे माधव नेपालले लगाए बेलीविस्तार– बसे बस नत्र बाटो खुला छ जस्तो कुरा गर्नुभयो !

बैशाख १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई मिलाएर लैजाने लक्षण नदेखाएको बताएका छन् । 

Muktinath Bank

बुधवारको बैठक केही सकारात्मक भएपनि बिहीवार ओलीसँग भएको छलफलले आफूलाई निराश बनाएको नेपालले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषाको जनकपुरमा शुक्रवार कार्यकर्ताहरूसँग कुरा गर्दै नेता नेपालले पार्टीलाई एकताबद्ध बनाएर लैजान २०७५ जेठ २ गतेको अवस्थामा फर्किन गरेको प्रस्ताव ओलीले अस्वीकार गरेको बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘अस्ति ओलीले फोन गरेर बालुवाटारमा भेटौँ भन्नुभयो, मैले बालुवाटारमा हुन्नँ भनें । त्यसपछि उहाँले बालकोट आउनुस् भन्नभुयो, म आउँदिनँ भनें । मैले तुल्सीलाल प्रतिष्ठानमा भनेको थिएँ, उहाँले हुन्न भन्नुभयो । त्यसपछि मैले एभरेष्ट होटलमा आउनुस् भनेपछि उहाँले मेरियटमा आउनुस् भन्नुभयो,’ भेटको प्रसंगबारे नेपालले भने, ‘द्वन्द्व व्यवस्थापन गर्नुपर्‍यो भने दुवैलाई स्वीटेबल ठाउँ चाहिन्छ । अहिले म बालुवाटार गयो भने माधव नेपाल लुरुलुरु बालुवाटार गयो भनेर प्रचार हुने थियो ।’ 

Vianet communication
Laxmi Bank

नेता नेपालले बुधवारको बैठक केही सकारात्मक भएपनि बिहीवारको बैठकमा ओलीले मिल्ने लक्षण नदेखाएको बताए । 

‘अस्ति बुधवार कुराकानी भएपछि आशा जागेको थियो, हामीले अध्यक्ष र प्रधानमन्त्री हटाउने भनेको होइन पार्टीलाई व्यवस्थित ढंगले चलाउनुस् भनेका थियौं,’ ओलीसँगको भेटबारे नेपालले भने, ‘हिजो बस्नुभन्दा पहिले उहाँका प्रवचन सुनियो । बल्खुमा गरेको भाषणको लक्षणबाट देखियो, माधव नेपालको हुर्मत लिने सोच रहेछ ।’

नेता नेपालले आफूहरूलाई नबोलाई फागुन २८ गतेको बैठकबाट किन निर्णय गरेको भनेर प्रश्न गर्दा ओलीले तपाईंहरूको मोबाइल बिग्रिएको छ भन्ने जवाफ दिएको बताए ।

‘जेठ २ गते फर्किऔं, पार्टीलाई एकताबद्ध बनाऔं, मिलेर छलफल गरौं भन्दा उहाँले जे निर्णय भएको छ त्यहाँबाट फर्किन सम्भव छैन, तपाईंहरू किन आउनुभएन भनेर प्रश्न गर्नुभयो । मैले कहिले बोलाउनुभयो ? भन्दा उहाँले तपाईंको मोबाइल बिग्रेको थियो भन्ने कुरा गर्नुभयो । हामी ९०/९५ जनको मोबाइल बिग्रेको रहेछ,’ नेपालले भने । 

नेता नेपालले हिजोको बैठकमा ओलीले पार्टीले गरेको निर्णय स्वीकार गरेर आजको बैठकमा आउन आग्रह गरेको जानकारी दिए । 

‘खाए खा नखाए घिच, माने मान नभए बाटो खुला छ भन्ने जस्तो कुरा गर्नुभयो,’ नेपालले भने ।  

साथै बिहीवारको बैठकमा ओलीले आफूहरूमाथि ६ महिनाका लागि गरिएको कारवाही पुनर्विचार गर्ने संकेत गरेको नेपालले सुनाए ।

‘६ महिनाको कारवाहीबारे विचार गर्न सकिन्छ भन्नुभयो । जसले कोअर्डिनेशन स्थापना गर्‍यो उसलाई कारवाही ? केपी ओलीले माधव नेपाललाई सस्पेन्स गर्ने ? माधव नेपाल आन्दोलनबाट भाग्नेवाला छैन !’ नेपालले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x