यसरी बनाउनुस् आँपको जुस

गर्मीमा फलहरूको राजा मानिने आँप भरमार पाइन्छ । आँपमा फाइबर अत्यधिक हुनाले पाचनमा फाइदा गर्छ ।

आँपलाई जुस बनाएर पिउँदा मज्जा आउँछ । यो स्वादिलो त हुन्छ नै, यसमा भएको बीटा क्यारोटीनले आँखालाई स्वस्थ राख्न सहायता गर्छ । 


Advertisement

सामग्री
आँप एउटा (काटेको)

कम फ्याट भएको क्रीम आधा कप

मह एक सानो चम्चा

विधि
कचौरामा क्रीम राखेर मज्जाले फिँट्नुस् ।

अब मिक्सीमा आँप राखेर फिँट्नुस् । 

अनि क्रीममा फिँटेको आँप राख्नुस् र मिसाउनुस् ।

त्यसलाई एउटा गिलासमा राखेर फ्रिजभित्र आधा घन्टा राख्नुस् । 

अनि झिकेर त्यसमा मह राखेर पिउनुस् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्