कोेरोना संक्रमणबाट किन कोही मर्ने, कोही बाँच्ने ?

कोभिड–१९ नामक रोग लगाउने कोरोनाभाइरससँग लड्नका लागि शरीरको इम्युन सिस्टमले ओभररियाक्ट गर्छ र शरीरलाई नै क्षति पुग्छ । 

कोरोनाबाट मर्ने धेरैजसोको रोगप्रतिरोधक क्षमता कमजोर छ । तर अरूलाई पनि यसको जोखिम छ । जवान र स्वस्थ मानिस पनि कोरोनाका कारण मरिरहेका छन् । 


Advertisement

शरीरमा कुनै पनि ब्याक्टेरिया वा भाइरस पस्दा रोगप्रतिरोधक क्षमताले त्यसलाई कमजोर बनाएर सिध्याउँछ । 

तर कतिपय अवस्थामा शरीरमा रोगसँग लड्ने कोशिकाहरू भाइरससँग लड्नुको साटो शरीरलाई नै हानि गर्न थाल्छन् । 

शरीरको इम्युन सिस्टमले आवश्यकताभन्दा बढी सक्रिय हुँदा रोगसँग लड्नुसाटो शरीरलाई हानि गर्छ र त्यसलाई साइटोकाइन स्टोर्म भनिन्छ । 

यस्तो अवस्थामा इम्युन सेल फोक्सोहरू नजिक भेला हुन्छन् र फोक्सोलाई आक्रमण गर्छन् । त्यस प्रक्रियामा रगत बग्ने नसाहरू फुट्छन् । रगत नसाबाहिर आउँछ र डल्लो बन्न थाल्छ । 

अनि शरीरको रक्तचाप घट्छ । त्यसपछि मुटु, मिर्गौला, फोक्सो जस्ता महत्त्वपूर्ण अंगले काम गर्न छोड्छन् । 

शरीरमा साइटोकाइन स्टोर्मले स्वस्थ कोशिकालाई प्रभावित पार्छ । रगतका राता र सेता सेलहरू सकिन थाल्छन् । 

यसक्रममा रोगीलाई चर्को ज्वरो आउँछ र टाउको दुख्छ । कतिपय रोगी कोमामा जान सक्छन् । 

कोभिडबाट मर्नेहरूमा आईएल–६ सीआरपी साइटोकाइन स्टोर्मको मोलिक्युलर इन्डिकेटर धेरै भएको अनुसन्धानबाट पत्ता लागेको छ । बाँचेकाहरूमा यी इन्डिकेटरहरूको उपस्थिति कम थियो । 

चिकित्सकहरूका अनुसार, कोभिड–१९ का रोगीहरूमा प्रतिरोधक क्षमताका कोशिकाहरूले फोक्सोमा द्रुत गतिमा आक्रमण गरेर फाइब्रोसिस गरिदिन्छन् । भाइरस सक्रिय भएर यस्तो हुन्छ । 
 

रोगप्रतिरोधक क्षमताले नै हामीलाई रोगबाट बचाउने हो तर यसैले हामीलाई मृत्युको द्वारमा पनि लग्न सक्छ । यस क्षमतालाई शरीरविरुद्ध हानि गर्नका रोक्ने दिशामा अनुसन्धाताहरू काम गरिरहेका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्