कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
स्पेनको मायोर्कामा कोरोना लागेको एक व्यक्तिले आफ्नो कार्यालय तथा जिममा गएर २२ जनालाई रोग सारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
मानाकोर शहरमा जनवरी महिनाको अन्त्यतिर संक्रमण फैलिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । ती कर्मचारी बिरामी भएको र संक्रमण लुकाएको भन्ने खबर पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
ती व्यक्तिलाई कोरोनाका लक्षणहरू देखिएपछि सहकर्मीहरूले चिन्ता व्यक्त गरेका थिए तर उनी घरैमा बस्न मानेनन् ।
पछि उनले पीसीआर टेस्ट गराए तर परिणाम नकुरी अर्को दिन फेरि काममा फर्किए अनि जिम पनि गए ।
कार्यालयमा उनका म्यानेजर र अन्य कर्मचारीले घर जाउ, सबैलाई कोरोना सार्दैछौ भने ।
तर उनले तिनीहरूलाई टेरेनन् र कार्यालयमा त्यत्तिकै लखरलखर हिँडे । अझ मास्क तल पारेर उनले खोके अनि तिमीहरू सबैलाई कोरोना सारिदिन्छु भने ।
उनको पीसीआर रिपोर्ट पोजिटिभ आयो अनि उनका सहकर्मीहरू आत्तिए ।
पाँचजना पोजिटिभ भेटिए । उनीहरूले आफ्ना परिवारका सदस्यलाई कोरोना सारे ।
जिममा उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका तीनजनालाई कोरोना लाग्यो र उनीहरूले पनि परिवारलाई कोरोना सारे ।
ती एक व्यक्तिले गर्दा २२ जनालाई कोरोना लाग्यो तर कसैलाई पनि अस्पताल गएर उपचार गराउनुपरेन । प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...