देशभर अदालतका कामकारवाहीमा ‘संकुचन’ : यी सेवा स्थगन गर्ने निर्णय

कोरोना भाइरस संक्रमण बढिरहेका बेला सर्वाेच्च अदालतले कामकारवाहीमा संकुचन गर्ने भएको छ ।

मंगलवार सर्वाेच्च अदालतको पूर्ण बैठकबाट अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने निर्णय गरिएको छ ।


Advertisement

बैठकले सर्वाेच्चमा बन्दीप्रत्यक्षीकरण र कोभिड महामारीसँग सम्बन्धित अन्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिटको दर्ता र सुनुवाई गर्ने तथा अन्य कामकारवाही र सेवा स्थगन गर्ने निर्णय गरेको छ ।

उच्च अदालत, जिल्ला अदालत, अन्य अदालतको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्यांकनको आधारमा व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

कामकारवाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा, रिट तथा निवेदनहरूमा रहेका हदम्याद, म्याद, तारेख नगुज्रने सर्वाेच्चले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्