देवरसँग मिलेर पतिको हत्या

धनुषामा पत्नीले नै पतिको हत्या गरेकी छन् ।

हंसपुर नगरपालिका–६ स्थित टिल्हीमा बस्ने २५ वर्षीय युवक शम्भु मण्डललाई घरायसी विवादमा पत्नीले आफ्ना २ जना देवरसँग मिलेर हत्या गरेको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।


Advertisement

शुक्रवार राति भएको विवादमा मण्डलकी पत्नी २३ वर्षीया सुशिलादेवी मण्डल, भाइहरू जय मण्डल र अनिल मण्डलले कुुटपिट गरी धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

हत्या गरेर पत्नी तथा भाइहरू फरार भएका प्रहरीले जनाएको छ ।

उनीहरूको खोजी कार्य भइरहेको तथा घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटिएको धनुषा प्रहरीले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्