भ्याट तिर्ने समय थप गर्न सरकारसँग नाडाको माग

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको कार्यसमिति बैंठकले सरकारसँग मूल्य अभिवृद्धि कर तिर्ने समय थप गर्न माग गरेको छ ।

नाडाले निषेधाज्ञा जारी भएको समयमा व्यवसायीहरुले मूल्य अभिवृद्धि कर विवरण र कर वापतको रकम बुझाउन सक्ने अवस्था नरहेको भन्दै समय थप गर्न माग गरेको हो ।


Advertisement

नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ रक्षाको दृष्टिकोणले पनि व्यवसायीहरु आफनो कार्यालयमा जान सक्ने अवस्था नरहेकोले यही २०७८ साल बैशाख महिनाको २५ गतेसम्म बुझाउनु पर्ने उक्त विवरण निषेधाज्ञा खोलेको मितिबाट एक हप्ता भित्र दाखिला गर्नै व्यवस्था गर्न सरकारसँग अनुरोध गर्दछु ।’

साथैल नाडाले आफ्ना सदस्यहरुसँग भएको अक्सिजन सिलिण्डरहरु अक्सिजन निर्माण उद्योगमा बुझाएर यस्तो विषम परिस्थितिमा सहयोग गर्न अनुरोध गरेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्