बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


Advertisement

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्