म्यानचेस्टर सिटी र पीएजीबीच सेमीफाइनल आज, एम्बाप्पेमा सबैको आँखा

युरोपेली च्याम्पियन्स लीगको सेमीफाइनलको दोस्रो चरणको पहिलो खेलमा मंगलवार म्यानचेस्टर सिटी र पेरिस सेन्ट–जर्माँ (पीएसजी) बीच भिडन्त हुँदैछ । 

पहिलो चरणमा पीएसजी आफ्नो गृहमैदानमा सिटीविरुद्ध २–१ ले हारेको थियो । त्यसैले सिटीको गृहमैदानमा पीएसजीलाई निकै गम्भीर चुनौती छ । 


Advertisement

सबभन्दा ठूलो कुरा पीएसजीका स्टार खेलाडी कीलियन एम्बाप्पे घाइते छन् र आजको खेलमा उनले खेल्ने सम्भावनामा प्रश्नचिह्न छ । 

उनी सोमवार विमानस्थलमा अलिकति खोच्याएर हिँडेको देखिएको थियो । 
 

पीएसजीलाई अहिलेको चरणसम्म ल्याइपुर्‍याउन एम्बाप्पेकै योगदान रहेको छ । उनले बार्सिलोना र बायर्न म्युनिकविरुद्धका नकआउट खेलमा पीएसजीलाई जीत दिलाउन प्रमुख भूमिका निर्वाह गरेका थिए । 

तर सिटीले गत साता एम्बाप्पेलाई सफलतापूर्वक रोक्न सकेको थियो । 

उनले उक्त खेलको दोस्रो हाफमा मार्को भेरात्तीलाई सुन्दर पास उपलब्ध गराएका थिए तर गोल हुन सकेन । 

त्यसबाहेक एम्बाप्पेले एउटा शट पनि प्रहार गर्न सकेका थिएनन् जबकि उनी टीमका नम्बर नौ खेलाडी थिए । 

तर यस सीजनमा खेलिएका महत्त्वपूर्ण खेलमा एम्बाप्पेले आफ्नो चमत्कार देखाएकाले उनलाई कम आँक्न मिल्दैन । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्