भारतमा मास्क नलगाउने मानिसमाथि प्रहरीले बर्सायो लट्ठी

भारतको उत्तर प्रदेशको मुरादाबादमा मास्क नलगाइकन घरबाहिर आएका पुरुष र महिलालाई प्रहरीले लट्ठी बर्साएको छ । 

प्रहरीले महिलाहरूलाई कसेर थप्पड हानेको र भुइँमा पछारेको पनि पाइएको छ । 


Advertisement

एक युवकलाई प्रहरीले बेस्सरी कुटपिट गरेर उसको कपडा पनि च्यातेको थियो । युवक भाग्न खोज्दा प्रहरीले उसलाई पक्रेको अनि निकै ठटाएपछि प्रहरी कार्यालय लगेको थियो । 

प्रहरीका अनुसार, उक्त युवक मास्क नलगाइकन घुमिरहेको थियो । उसलाई बोलाएर सोधपुछ गर्दा उसले प्रहरीलाई मुख छोडेको थियो । त्यसपछि प्रहरीले उसलाई ठटाएको थियो । 

भाग्ने कोशिश गर्दा युवकलाई प्रहरी निरीक्षकले बन्दूक तेर्स्याएका थिए । 

ती युवकलाई प्रहरीले कुटपिट गरेपछि उनका आमा र बहिनीले बचाउने कोशिश गरेका थिए । त्यसपछि प्रहरीले दुवैलाई थप्पड हानेर भुइँमा पछारेको थियो । 

घटना सीसीटीभी क्यामरामा कैद भएको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्