माओवादीले बोलायो स्थायी कमिटी बैठक

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन माओवादी केन्द्रको स्थायी कमिटीको बैठक मंगलवार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउसो ३ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए । 


Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनको लागि संसदको अधिवेशन बोलाएपछि त्यही विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइसकेको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्