उपचार गर्न जाने विरामीलाई लक्षित गर्दै अवरोध गरिएको बाटो सीडीयोले पन्छाए

उपचार गर्न जाने विरामीलाई लक्षित गर्दै अवरोध गरिएको बाटो प्रमुख जिल्ला अधिकारी (सीडीयो)ले पन्छाएका छन्।

जिल्ला अस्पताल प्यूठान विजुवारले साविक स्वास्थ्य कार्यालयको भवनमा संचालन गरेको आईसोलेशन सेन्टर जाने मुख्य बाटोमा अवरोध गरिएको तारबारलाई सोमवार प्रहरी तथा सशस्त्र प्रहरी सहित पुगेका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अवरोध हटाएका हुन्।


Advertisement

कोभिड बिरामीको प्रारम्भिक रोग परीक्षण तथा उपचार हुने उक्त आईसोलेशन सेन्टरमा ५ जना कोभिड बिरामीहरूको उपचार चलिरहेको छ।

बिजुवारका स्थानीयहरुले बिजुवारमै तयार गरिएको निर्माण व्यवसायी संघको भवनमा अवस्थित आईसोलेशन् सेन्टर जाने बाटोमा समेत अवरोध सिर्जना गरेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए।

‘पहिलो पटकलाई सम्झाई-बुझाई गरेर अवरोध हटाएको छु,’ भुसालले भने, ‘पुनः अवरोध गरे कडा कानुनी कारवाही गरिनेछ।’

स्थानीय बासिन्दाहरूले महामारीको यो समयमा आफु सुरक्षित हुँदै सामाजिक एकता आपसी भाइचारा सम्बन्धको विकासमा जोड दिनुपर्नेमा प्रमुख जिल्ला अधिकारी भुसालले जोड दिए।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्