काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म मात्रै खाद्य पसल खोल्न पाइने, बेलुका नपाइने

काठमाडौं उपत्यकामा खाद्यान्न पसलहरू बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ । 

मंगलवार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीयो)हरूको संयुक्त बैठकले बिहान ९ बजेसम्म मात्रै पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो । 


Advertisement

यस अघि काठमाडौं उपत्यकामा बिहान र बेलुका दुई पटक पसल सञ्चालन गर्न दिने निर्णय भएको थियो । कोरोना संक्रमणको दर बढ्दै जाँदा सीडीयोहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले जारी निषधाज्ञालाई थप एक साता लम्ब्याउने निर्णय समेत गरेको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्