बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा कार्यालय सञ्चालन गर्न पाउने

काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा कार्यालय सञ्चालन गर्नुपर्ने भएको छ ।

मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा थप्दै प्रत्येक बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा कार्यालय खोलेर सेवा दिनुपर्ने प्रावधान ल्याएको हो।


Advertisement

त्यस्तै बैंकका केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै जनशक्ति राखेर सेवा दिनुपर्ने भएको छ ।

शाखा कार्यालय संचालनका बारेमा नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई विवरण दिनुपर्ने बताइएको छ ।

 शाखा कार्यालय आउने कर्मचारीको सवारी साधनका लागि सीमित पास जारी गरेर राष्ट्र बैंक र प्रशासन कार्यालयमा अनलाइनमार्फत विवरण दिनुपर्ने छ।

यस्तै बीमा कम्पनीमा समेत एक चौथाई मात्रै कर्मचारी राखेर सेवा दिनुपर्नेछ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्