कोरोनाको हर्ड इम्युनिटीमा भर नपर्न वैज्ञानिकहरूको आग्रह

कोरोनाभाइरसको हर्ड इम्युनिटी उत्पन्न हुने सम्भावना नरहेको वैज्ञानिकहरूले बताएका छन् । 

विशेषज्ञहरूका अनुसार, पछि गएर कोरोना संक्रमणलाई सम्हाल्न अहिलेको भन्दा सहज हुन सक्छ । 
 


Advertisement

स्विडेन लगायतका धेरै देशले हर्ड इम्युनिटीमा विश्वास गरी यस रोगलाई नियन्त्रणमा लिन प्रयास गरेका छन् । एक निश्चित सीमाभन्दा बढी मानिस संक्रमित भए भने मानव समाज संक्रमणको सामना गर्नका लागि सामूहिक रूपमा सक्षम बन्नु नै हर्ड इम्युनिटी हो । 

विशेषज्ञहरूका अनुसार, नयाँ भाइरसहरूले मानिससँग जिउने क्षमता विकसित गरिसकेका छन् । कोरोनाभाइरस पनि यस्तै हो कि हैन भन्ने कुरा धेरै पक्षले निर्धारित गर्छ । भाइरसको रूप परिवर्तन लगातार भइरहेको छ र खोपको प्रभावकारिता पनि परीक्षणको चरणमै छ । त्यसैले अहिले नै केही कुरा निश्चित तरिकाले भन्न सकिने स्थिति छैन । 

कुनै पनि महामारी लामो समयसम्म कायम नरहने विज्ञहरू बताउँछन् । महामारी सकिनु भनेको पनि भाइरसको अन्त्य हुनु हो भन्ने हैन । भाइरसको असर मानिसहरूमा स्थिर रहनुलाई महामारी अन्त्य भन्न मिल्छ । पृष्ठभूमिमा भाइरस स्थायी रूपमा रहन्छ र यदाकदा स्थानीय रूपमा संक्रमण हुन्छ । 

त्यसो त व्यापक रूपमा खोप लगाए पनि कोभिडमाथि विजय हासिल हुने कुनै ग्यारेन्टी नभएको विशेषज्ञहरूको कथन छ । मिजल्स र येलो फिभर जस्ता रोग अहिलेसम्म उन्मूलन हुन सकेका छैनन्, कोरोना पनि त्यस्तै हुन सक्छ । 
सबै देशले यसैलाई ध्यानमा राखेर स्वास्थ्य नीति बनाउनुपर्ने हुन्छ । नत्र भने महामारी समयसमयमा विस्फोट हुनेछ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्