आईपीएल स्थगित हुँदा बीसीसीआईलाई २ हजार करोड भारु घाटा

इन्डियन प्रिमियर लीग (आईपीएल) को यस सीजनमा चार खेलाडी र दुई कोचिङ स्टाफ कोरोना संक्रमित भएपछि हाललाई लीग स्थगित गरिएको छ । 

फेरि कहिले खेलहरू गराउने निश्चित छैन । केही सञ्चारमाध्यमले टी–२० विश्वकप सकिएपछि यसलाई पुनः सञ्चालन गर्न सकिने पनि लेखेका छन् । 


Advertisement

तर देशको स्थिति सामान्य भएन र आईपीएल पूरै रद्द गर्नुपरेछ भने क्रिकेट बोडैलाई लगभग दुई हजार करोड भारु घाटा लाग्छ । अनि भारतले यसै वर्ष गर्न लागेको टी–२० विश्वकपलाई पनि असर पर्छ । 

भारतलाई विश्वकपको आयोजक नबनाउने निर्णय गरियो भने बीसीसीआईलाई करोडौं रुपैयाँ घाटा लाग्छ । 

आईपीएलको गभर्निङ काउन्सिल पोहोर साल जस्तै यसपालि पनि यूएईमा गराउन खोजिरहेको थियो । यूएईमा खेलेको भए यो सफल हुने थियो । तर भारतमा कोरोनाको विस्फोट हुँदा पनि त्यहीँ नै टूर्नामेन्ट गराइयो । अहिले आएर त्यसलाई बीचैमा स्थगित गर्नुपरेको छ । 

भारतमै आईपीएल गराएर बीसीसीआई टी–२० विश्वकपका लागि पनि आफू तयार रहेको भनी सन्देश दिन खोजिरहेको थियो । विश्वकप अक्टोबर महिनामा हुन लागेको छ । 

विश्व क्रिकेटको अर्थतन्त्र लगभग २५ हजार करोड रुपैयाँ छ । त्यसमध्ये ८ हजार करोड रुपैयाँ आईपीएलबाट आउँछ । त्यसैले गर्दा बीसीसीआईलाई आईपीएलमा संसारका अन्य बोर्डको पनि सहयोग छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्