पूर्वरानी कोमल अझै आईसीयूमा, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य

फाइल फोटो

कोरोना संक्रमणपछि उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

उनी उपचाररत नर्भिक इन्टरनेसनल हस्पिटलले मंगलवार विज्ञप्ति जारी गरी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको जनाएको हो । 


Advertisement

कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीवारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । 

उनलाई हाल आईसीयूमै राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिकरूपमा सुधार भइरहेको छ । 

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्