वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

फाइल तस्वीर

कोरोना भाइरस संक्रमणपछि उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधार भइरहेको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।  

अस्पतालले मंगलवार एक विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको हो ।


Advertisement

कोरोना संक्रमण भई गत शनिवार नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको  अस्पतालले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्