राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड पालना गर्न दलहरूलाई निर्वाचन आयोगको पत्र

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड पालना गर्न दलहरूलाई निर्वाचन आयोगले पत्र  पठाएको छ ।

मंगलवार उपनिर्वाचनमा भाग लिने दलहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलाई पत्र पठाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । 


Advertisement

प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपालभर कोभिड –१९ को संक्रमणको उच्च जोखिम रहेको र काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश शहरहरूमा निषेधाज्ञा समेत लागू भइसकेको यस विषम परिस्थितिमा बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा सन्दर्भमा राजनीतिक दलले उक्त उपनिर्वाचन केन्द्रित राजनीतिक गतिविधि एवं क्रियाकलापहरू जस्तै सभा, सम्मेलन, आमसभा, कोणसभा, प्रचार–प्रसार, उम्मेदवारी मनोनयन दर्ता, पत्रकार सम्मेलन लगायतका कार्यक्रम सञ्चालन गर्दा मानवीय स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यान दिई स्वास्थ्य मापदण्ड कडाइकासाथ पालना गरी स्थानीय तहसम्म उच्च सतर्कता अपनाई यस महामारीलाई नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्‍याउन राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा भाग लिने दलहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलाई आयोगले अनुरोध गरी पत्र पठाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्