कोरोनाका कारण एकैदिन ५५ जनाको मृत्यु, ७ हजार ६६० संक्रमित थपिए

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का ७ हजार ६ सय ६० संक्रमित थपिएका छन् ।

१६ हजार १३१ पीसीआर र ५ सय ७१ एन्टीजेन परीक्षणमा पीसीआरतर्फ ७ हजार ५ सय ८७ र एन्टीजेनतर्फ ७३ जनामा संक्रमण पुष्टि भएको हो ।


Advertisement

यसका साथै पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मृतकको कुल संख्या ३ हजार ४ सय १७ पुगको छ ।

कोरोनाका सक्रिय संक्रमितको संख्या भने ५९ हजार ७ सय ९८ छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जना निको भएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्