×

NMB BANK
NIC ASIA

अनलाइनबाटै सहजरुपमा एनआइसी एशिया बैंकमा बचत खाता खोल्दा असीमित फाइदा

बैशाख २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंस्थित बत्तीसपुतलीमा बसोबास गर्दै आएका रबिनले एक हप्ता भएको थियो नयाँ अफिसमा काम थालेको ।

Sagarmatha Cement
Muktinath Bank

नयाँ भेरियन्टको कोभिड–१९ महामारी रोकथाम एवं नियन्त्रण गर्न अहिले स्थानीय प्रशासनहरुले निषेधाज्ञा जारी गरेपछि अहिले आफ्नो कार्यालयको दैनिक काम घर बसेर गरिरहेका छन् । तर अहिले तलब बुझ्नको लागि उनीसँग बैंक खाता नै छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सकेसम्म घरबाट बाहिर ननिस्किइ उनको परिवारले अहिले दैनिकी बिताइरहेकोे अवस्थामा उनलाई आफ्नो तलब बुझ्नको लागि बैंक खाता खोल्नुपर्ने आवश्यकता परेको  छ ।  तर महामारीको अवस्थामा बैंकसम्म पुग्न पनि हम्मे हम्मे छ । एक त बैंक खुल्ने समयमा उनको काम नै हुन्छ अर्कोतिर एक उत्तरदायी नागरिकको हिसाबले महामारीका बेला उचित सावधानी अपनाउनै पर्‍यो ।


Advertisment
Nabil box
Kumari

ग्राहकहरुको यस्तै अवस्थालाई ध्यानमा राख्दै एन आई सी एशिया बैंकले ल्याएको छ, सहज रुपमा अनलाईन बचत खाता खोल्न सकिने व्यवस्था ।

Vianet communication
Laxmi Bank

तपाईं अहिले आफ्नो कामलाई केही मिनेट थाति राखेर भौतिक रुपमा बैंक नै नपुगी अनलाईन खाताको लागि आवेदन दिन सक्नुहुनेछ । विभिन्न असहजताका बीच समेत ग्राहकहरुलाई बैंक शाखा नै नपुगी वित्तीय सेवामा पहुँच पुर्‍याउँन अहिले यस बैंकले असीमित फाइदाहरूले भरिपूर्ण अनलाईन खाता खोल्ने अभियान सञ्चालन गरेको छ ।

अनलाईन खाता खोल्दा लाग्ने अधिकतम १० मिनेटको समयले असहज परिस्थितिका बीच जनमानसहरुले बैंक शाखासम्म पुगेर लामो भौतिक फारम भर्नुपर्ने झन्झबाट मुक्ति प्राप्त गर्न सक्नुका साथै समयको बचत समेत हुनेछ । कोरोना भाइरसको अवस्थाले अहिले सर्वसाधरणहरु इन्टरनेटको माध्यमबाट किनमेल, काम, सञ्चार तथा मनोरञ्ज जस्ता क्रियाकलाप गर्न समेत अनलाईनतर्फ गइसकेको अवस्था रहेको छ ।

यसभित्र ग्राहकले चमत्कारिक सुविधाले भरिपूर्ण विभिन्न खाताहरुमध्ये खाताको बारेमा विवरण अध्ययन गरेर आफुलाई आवश्यक पर्ने खाता खोल्नका लागि आवेदन दिन सक्नुहुन्छ । खाता खोल्न ग्राहकले आफ्नो पासपोर्ट साइज फोटो तथा नागरिकता स्कयान गरी अग्रीम रुपमा राख्दा सजिलो हुनेछ ।

यसपश्चात मात्र ५ स्टेप पार गरेर खाताको लागि आवेदन दिन सकिनेछ । अनलाईन खाता खोल्ने प्रक्रिया अन्तर्गत ग्राहकले बैंकको वेबसाइट लिंक वा मोबाइल बैंकिङ्ग एपमार्फत अनलाईन एकाउन्ट ओपनिङमा ट्याप गर्नुपर्ने हुन्छ । यसभित्र ग्राहकले चमत्कारिक फाइदाले भरिएका पाँच प्रकारका खाता मध्ये एउटा छनौट गरेर आफुले इच्छाएको खाताका लागि आवेदन दिन सक्नुहुन्छ ।

हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीका ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले रू. २१ लाख बराबरको बीमा सुविधा प्रदान गर्दै आएको छ ।

यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू रहेका छन् ।

साथै, अनलाईन खाता खोली पहिलोपटक मोबाइल बैंकिङ्ग एप (एन आई सी एशिया मो–बैंक) बाट पहिलो कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. ५०० नगद फिर्ता प्राप्त गर्न सकिनेछ । जुन फाइदा खाता खोलेको ३० दिनभित्र लिनुपर्ने व्यवस्था छ । यस एपमार्फत ग्राहकहरुले क्यूआर भुक्तानी एवं विद्युत महसुल, खानेपानी, टेलिफोन, इन्टरनेट, केबुल, मोबाइल रिचार्ज, हवाइ तथा बस टिकटको शुल्क भुक्तानी तथा रकम स्थानान्तरण जुनसुकै स्थानबाट जुनसुकै समयमा गर्न सकिने सुविधा रहेको छ ।  सुपर सिक्स (क्गउभच क्ष्ह) योजनाअन्तर्गत मोबाइल बैंकिङ्गबाट एक हप्तामा ६ वटा कारोबार गर्दा ६ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगदफिर्ता प्राप्त गर्न सकिनेछ ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा बचत खाता खोल्ने कार्यलाई भौतिक माध्यममा मात्र सीमित नराखी अनलाइन माध्याममा लग्दै डिजिटल बैंकिङ्गलाई गतिशील बनाउने लक्ष्य लिएको छ । साथै देशमा स्मार्टफोन प्रयोगकर्ताहरूको संख्यामा उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्नेहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच नगद कारोबारको सट्टा डिजिटल कारोबारतर्फ ग्राहकहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई डिजिटलमैत्री बनाउन अनलाइन खाता खोल्ने सुविधाले सहयोग पुर्‍याउने विश्वास लिएको बैंकले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x