×

NMB BANK
NIC ASIA

एमालेभित्रको लामो झगडाको छिनोफानो २७ गते

बैशाख २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत पाउन त्यति धेरै मिहिनेत नगरेको उनीनिकट नेताहरूको भनाइ छ । ‘अब प्रधानमन्त्रीलाई सरकार टिकाउन त्यति रुचि छैन । बाहिर बसेर पनि गर्न सकिन्छ नि भन्ने छ । त्यसैले उहाँले त्यसका लागि मरिहत्ते गर्नुभएको छैन,’ एमाले मुख्य सचेतक विशाल भट्टराईले भने, ‘तर एमालेका साथीहरूले पहिल्यै राजीनामा दिने या फ्लोर क्रस गर्ने विषयमा त्यति धेरै विश्वास लागेको छैन ।’ उनले एकताबद्ध एमाले बनाउन आफूहरूले प्रयास गरिरहेको बताए । अब एमालेभित्रको लामो झगडाको छिनोफानो भने आउँदो २७ गते हुने देखिएको छ ।

Muktinath Bank

संविधान र फागुन ११ गते सर्वोच्चले गरेको फैसलाअनुसार पनि दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था रहँदासम्म संविधानको धारा ७६(२) अनुसार नै सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन समयसीमा निर्धारण गर्नेछिन् । तर उक्त समयभित्र अर्को सरकार बन्ला भन्नेमा गठबन्धनको सरकार बनाउन तम्सिएका स्वयम् दलहरूको समेत विश्वास छैन । ‘हामीले भनेर मात्रै भएन, कांग्रेस अहिलेसम्म अघि सरेको छैन, जसपाको के हो कुनै ठेगान छैन,’ माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले भने, ‘त्यसैले पनि फेरि प्रतिनिधिसभा विघटन बाटोमा मुलुकलाई लैजान खोजेकै देखिन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिले निर्धारण गरेको समयसीमाभित्र गठबन्धन सरकार बन्न सकेन भने संविधानको धारा ७६(३) बमोजिम संसद्को सबैभन्दा ठूलो दलको संसदीय दल नेताको हैसियतमा फेरि ओली नै प्रधानमन्त्री बन्नेछन् । ‘यसरी प्रधानमन्त्री बनेलगत्तै उहाँले चाल्ने दुई कदम हुन सक्छन्,’ स्रोतले  भन्यो, ‘सुरुमा स्वास्थ्य संकटकाल लगाउने र अध्यादेशमार्फत चुनाव केन्द्रित बजेट ल्याउने ।’ संविधानमा जेठ १५ अघि नै नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने प्रावधान छ । चुनावमात्रै हेरेका ओलीले ठूलो राजनीतिक दलको नेताका हैसियतमा प्रधानमन्त्री बनेपछि त्यो अभीष्ट पूरा गर्ने योजना बनाएका हुन् ।


Advertisment
Nabil box
Kumari

त्यसपछि महिना दिनमा ओली फेरि विश्वासको मत लिन जान्छन्, त्यो प्राप्त नभएपछि धारा ७६(५) अन्तर्गत सरकार बनाउने बाटो खुल्छ । यो धारामा आफूसँग बहुमत भएको आधार प्रस्तुत गरेर सरकार बनाउन सकिने र १ महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । यसमा पनि ओलीको पल्ला भारी हुन सक्ने स्रोतको भनाइ छ । ‘प्रधानमन्त्री र राष्ट्रपति मिलेका छन्, ओलीले मसित बहुमतको सरकार बनाउने आधार छ भनेर निवेदन दिनेबित्तिकै राष्ट्रपतिले उनलाई प्रधानमन्त्री नियुक्त गर्न सक्छिन्,’ ओलीको रणनीतिबारे जानकार एक नेताले भने, ‘त्यो सरकारले पनि एक महिनामा विश्वासको मत लिँदैन । प्रतिनिधिसभा संविधानअनुसार नै विघटन हुन्छ, राष्ट्रपतिले ६ महिनापछि चुनावको घोषणा गर्छिन् ।’

Vianet communication
Laxmi Bank

तर, यसो नहोस् भन्नका लागि ओलीको यो चालबाजी बुझेका कांग्रेस, माओवादी केन्द्र र जसपाको एक खेमाले अर्को कोणबाट पनि संवाद अघि बढाएका छन् तर त्यो निष्कर्षमा पुगिसकेको छैन । त्यो के हो भने, २७ गतेअघि नै ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने । संविधानको धारा १००(४) अनुसार अविश्वासको प्रस्ताव दर्ता गर्न संसद्मा तत्काल कायम सदस्यको एक चौथाइको हस्ताक्षर भए पुग्छ ।

सांसदहरूले माग गरेको १५ दिनभित्र राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । यो बेला फ्लोर क्रस गर्न नेपाल पक्षीय नेताहरूलाई सजिलो हुने विश्वास यो समूहको छ । तर दलहरूबीच यो विषय छलफलकै चरणमा मात्रै छ । कान्तिपुरमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x