×

NMB BANK
NIC ASIA

अडिटरको कालो धन्दा : २ करोडको नक्कली भ्याट बिल विक्री गर्ने फर्ममा राजश्वको छापा

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १७ जेठ
–राजस्व अनुसन्धान विभाग काठमाडौंको टोलीले वीरगञ्ज आदर्शनगरस्थित एक अडिट फर्ममाथि छापा मारेको छ । प्रदीपकुमार बर्माको नाममा दर्ता गरिएको व्यक्तिगत अडिट फर्मले करीव २ सय करोड रुपैयाँ बराबरका नक्कली भ्याटबिल बनाई विक्री गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।

नक्कली भ्याट बिल बनाई ठूला उद्योगहरूलाई बिक्री गरेको आरोपमा विभागले गत शनिवार छापा मारेको हो । नक्कली भ्याट बिल बनाएर विक्री गरेको भेटिएपछि उक्त फर्मको कागजात नियन्त्रणमा लिई अनुसन्धान थालिएको विभागका महानिर्देशक रामकृष्ण सुवेदीले लोकान्तरलाई बताए ।

व्यक्तिगत रुपमा लाईसेन्स लिई बर्माले अडिट फर्म खोलेका थिए । उक्त फर्ममा लेखा परीक्षक (अडिटर) हरू सन्तोष श्रीवास्तव, दीपक श्रीवास्तव र राजेश श्रीवास्तव कार्यरत रहेका विभागले जनाएको छ ।

विभागले छापा मारी कागजातहरू बरामद गरेपनि बर्मासहित दुई जना लेखा परीक्षकहरू दीपक श्रीवास्तव र राजेश श्रीवास्तव फरार भएका छन् । सन्तोष श्रीवास्तव र कर्मचारी राजु बैठालाई भने राजस्वको टोलीले पक्राउ गरेको छ ।

बर्माको उक्त फर्मले नेपालका ठूला उद्योग र हाईड्रोपावर कम्पनीहरुलाई नक्कली भ्याट बिल बेच्ने गरेको बताईएको विभागले जनाएको छ । ती तिनै जना लेखापरीक्षकहरूले गाउँका सोझा –साझा गरीब व्यक्तिहरूलाई प्रलोभनमा पारी कम्पनी खोलिदिने गरेको र ती कम्पनीकै भ्याटबिलहरू ठूला उद्योगहरूलाई बेच्ने गरेको विभागले उल्लेख गरेको छ ।

राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल खरिद गर्ने उद्योग र हाईड्रोपावर कम्पनीमाथि पनि अनुसन्धान गरिरहेको जनाएको छ । त्यस्ता उद्योगहरूले सामान खरिद नगरी भ्याटबिल मात्रै खरिद गर्ने गरेकाले अर्बौं राजस्व गुमिरहेको विभाग बताउँछ ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x